साशा इन्जिनियरिङ हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

काठमाडौँ । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । त्यसका लागि एनआइएमबि एस क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्ध नियुक्त भएको छ ।
धितोपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की तथा र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।
सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले दोलखामा ३० मेगावाट क्षमताको खानी खोला (दोलखा) जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको कम्पनीको भनाइ छ । उक्त आयोजनाबाट उत्पादन हुने विद्युत् शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत् प्राधिकरणसँग आवश्यक सम्झौता समेत भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा