६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोड्ने निर्णय
काठमाडौँ । विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोडिने भएको छ ।
डेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 'लाईन काटिएका छ वटा उद्योगहरुको विद्युत मंगलबार साँझबाट क्रमिक रुपमा जडान गरिनेछ', निर्णयमा उल्लेख छ ।
तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारवाही अगाडि बढाउने गरी हाललाई उद्योगहरुको विद्युत लाईन जोडने निर्णय भएको प्राधिकरणको भनाइ छ ।
प्रचण्ड नेतृत्वको सरकार हुँदा प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु गरेको थियो । तर, सरकार परिवर्तन सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन जोड्न निर्देशन दिएका थिए । लगत्तै आयोगले पत्राचार गरेपछि प्राधिकरण पूर्ववत् निर्णयबाट ब्याक हुन बाध्य भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस