मङ्गलबार, १३ कात्तिक २०८१
ताजा लोकप्रिय

पूर्वराज्यमन्त्रीको हत्या अनुसन्धानमा सीआईबीको टोली घटनास्थलमा

मङ्गलबार, ०८ साउन २०८१, १५ : ५५
मङ्गलबार, ०८ साउन २०८१

काठमाडौँ । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या अनुसन्धान गर्न प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोली परिचालन गरिएको छ । गृहमन्त्री रमेश लेखकले मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै हत्या अनुसन्धानमा सीआईबीको टोली परिचालन गरिएको बताए ।

इन्स्पेक्टरको कमान्डमा दुई जनालाई घटनास्थलमा पठाइएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । पूर्वराज्यमन्त्री राय सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुर स्थित आफ्नै घरमा साउन ७ मा मृत भेटिएका हुन् । हत्याबारे अनुसन्धान गर्न प्रहरीले १५ जनासँग सोधपुछ गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयबाट खटिएका अनुसन्धान अधिकृतहरू र जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले पनि घटनाबारे अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप