पूर्वमन्त्री किरातीको गीत :...छर्लङ्गै देखेको, देशमा के–के भो ?

काठमाडौँ । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुदन किरातीले नेपाली कांग्रेस र एमालेसहितको सरकारमा समावेशी सिद्धान्तको धज्जी उडेको बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा पूर्वमन्त्री समेत रहेका किरातीले पहिलापहिला वामपन्थी अगुवाहरूले गाउँमा आएर गीत गाएको स्मरण गर्दै सरकार काशी जान्छु भनेर कुत्तिको बाटो लागेको टिप्पणी गरे ।
‘देखेको त जालैले छेकेको,छेकेपनि छर्लङग देखेको । हेर गाउँले हो, छर्लङगै देखेको देशमा केके भो’ पहिला पहिला वामपन्थी अगुवाहरूले गाउँमा आएर यस्तो गीत गाएजस्तै अहिलेको सरकारलाई व्याङग्यबाण प्रहार गरे ।
‘सरकारको चित्र हेर्दा समावेशीताको धज्जी उडेको छ, काशी जान्छु भनेर सरकार कुत्तिको बाटो लागेको छ भन्ने लागेको छ’, किरातीले भने, ‘देश तीन करोड नेपाली जनताको हो । प्रतिपक्ष सानो छ भनेर ठुलो स्वरले हेप्न थालिएको छ । लोकतन्त्रमा आकार होइन मुद्दाले स्थान लिन्छ ।’
उनले लोकतन्त्रमा आकार हुनेभए महाकालीमा किन राष्ट्रघात भयो भन्दै प्रश्न गरे । उनले सरकार बदलिएसँगै धेरै कुरा बदलिएको र हिजो छानबिन हुँदैगर्दा सिमाना नाघ्यो भन्नेहरु आज ठुलाठुला मन्त्री भएकाले सुशासनको जगलाई मूर्ख बनाएर संविधान संशोधनको जामा लगाइदिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा