बङ्गलादेशमा पक्राउ पर्नेको सङ्ख्या २५०० नाघ्यो

ढाका । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधान जारी प्रदर्शनमा पक्राउ पर्नेको सङ्ख्या २ हजार ५०० नाघेको छ । मंगलबार एएफपीले यो आँकडा सार्वजनिक गरेको हो ।
देशभरमा आरक्षणको विरोधमा भइरहेको हिंसात्मक प्रदर्शनपछि पक्राउ पर्नेको सङ्ख्या सो स्तरमा नाघेको हो । विरोध प्रदर्शनका क्रममा कम्तिमा १७४ जनाको मृत्यु भएको बताइएको छ । मर्नेमा कयौँ प्रहरी अधिकारीसमेत छन् ।
सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुने सङ्ग्राममा लडेका स्वतन्त्रता सेनानीका सन्तानलाई गएको हप्ता सरकारी जागिरमा एक तिहाइ आरक्षण दिइने निर्णयपछि देशभर विरोध प्रदर्शन सुरु भएको थियो । शान्तिपूर्ण विरोध प्रदर्शनले बिस्तारै हिंस्रक रूप लिँदै गर्दा मृतकको सङ्ख्या दिनहुँ बढ्दै गयो । सय जना भन्दा धेरैको मृत्यु भएपछि आइतबार सर्वोच्च अदालतले आरक्षणको सङ्ख्या ३३ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेको छ ।
तर विद्यार्थीहरूले आरक्षण पूरै खारेज गर्नु पर्ने मागसहित आन्दोलन जारी राखेका छन् । विरोध प्रदर्शनको अगुवाइ गरिरहेको विद्यार्थी समूहले यति धेरै रक्तपात निम्त्याएर सुधार नचाहेको भन्दै सोमबारबाट ४८ घण्टाका लागि आन्दोलन रोक्का गरेको छ । प्रदर्शन रोक्न देशभरमा कर्फ्यू लगाइएको छ भने इन्टरनेट पनि काटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँगनमा कुखुरा आएको निहुँमा बुवामाथि गोली प्रहार
-
रेशमलाई पक्राउ गर्नुपर्ने पत्र बोकेर १० बजे नै डिल्लीबजार पुगेका थिए महिमानसिंह विष्ट
-
यी हुन् सरकार र शिक्षकहरूबिच भएका ९ बुँदे सहमति
-
विद्यालय शिक्षा विधेयक तपाईंहरूकै घरमा लैजान्छौँ : गृहमन्त्री लेखक
-
शिक्षकको माग पूरा गर्दा सरकारलाई करिब ८ अर्ब दायित्व बढ्ने
-
विद्यालय शिक्षा विधेयक पारित गर्ने सम्बन्धमा सत्तापक्षले गरेको लिखित प्रतिबद्धता सार्वजनिक