सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

किसानलाई उत्पादनको आधारमा अनुदान दिनुपर्‍यो :  सांसद भण्डारी

मङ्गलबार, ०८ साउन २०८१, १५ : १२
मङ्गलबार, ०८ साउन २०८१

काठमाडौँ । सांसद डा. चन्द्रकान्त भण्डारीले उत्पादनका आधारमा किसानलाई अनुदान दिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले उत्पादनको आधारमा किसानलाई अनुदान दिनुपर्ने बताएका हुन् ।

‘सरकारले उत्पादनको आधारमा अनुदान दिनुपर्‍यो,’ उनले भने,‘सरकारले किसानलाई अनुदान नदिँदासम्म किसानलाई राहत हुँदैन ।’ 

उनले आयातित कृषि उपजको वस्तुमा आधारित मुलुक चली रहेको बताए । ‘छिमेकी मुलुकले कृषि उपज दिएन भने हामीले स्वदेशी कृषि उपज दिन सक्दैनौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप