विपद्का घटनाका विषयमा सरकार गम्भीर बनोस् : श्रेष्ठ
मङ्गलबार, ०८ साउन २०८१, १४ : ५१

काठमाडौँ । पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले विपद् घटनालाई लिएर राज्यले वृहत् रूपमा सोच्न आग्रह गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले गए रातिको अविरल वर्षाका कारण नागार्जुन वडा नं ४ बाढीका कारण बासिन्दाहरू समस्यामा परेको भन्दै सरकारलाई उचित संरक्षणको माग गरे ।
उनले भने,‘हिजो रातिको अविरल वर्षाका कारण नागार्जुन वडा नं ४ मा जनताहरू पीडित भएका छन् । त्यहाँ राम्रोसँग काम भएको भए बाढी बस्तीमा पस्ने थिएन । विपद्को लागि राज्यले अलि वृहत् रूपमा सोच्ने बेला भएको छ । खाली सानोतिनो राजनीतिक मुद्दाहरूमा होइन अरू विषयमा राष्ट्रिय सहमति हुनुपर्छ । तत्काल सहरी विकास मन्त्रालयलगायतको सरकारी टोलीबाट उचित संरक्षण होस भन्ने माग गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा