मनसुन पछिको प्राकृतिक विपद्बाट क्षति : यस्तो छ गृहमन्त्रीको रिपोर्ट

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले यस वर्षको मनसुन प्रारम्भपछि प्राकृतिक प्रकोपमा भएको जनधनको क्षतिबारे संसद्लाई जानकारी गराएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा मन्त्री लेखकले गत जेठ २८ देखि हालसम्म १ हजार ५९२ विपद्का घटना भएको बताए । उनले त्यसक्रममा १३० जनाको मृत्यु र १४४ जना घाइते भएको बताए । त्यस्तै ४८ जना बेपत्ता भएको र ५९४ पशुचौपाया नोक्सानी भएको उनले बताए ।
यसवर्षको बाढी पहिरोबाट २३१ घर र ८४ गोठमा क्षति पुगेको भन्दै उनले ४३ वटा पुल र २ सरकारी भवन भत्किएको बताए । त्यस्तै ४ हजार ४ परिवार विस्थापित हुने अवस्था आएको र जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।
प्राकृतिक विपदबाट देशका ७७ वटै जिल्ला प्रभावित भएको र विपद्पछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएको उनले बताए । ती सुरक्षाकर्मीले ९८९ जनालाई उद्धार गरेको तथा उद्धारमा कतिपय स्थानमा नेपाली सेना समेत खटिएको उनले बताए । उनले प्रभावितहरूलाई आवश्यक राहत सामग्रीको प्रबन्ध गरेको तथा मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको बताए । उनले ४८ जना बेपत्ता भएकाहरूको पत्ता नलागेका परिवारलाई मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय भएको समेत जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा