मृत्युका घटनामाथि छानबिन भइरहँदा जापानी औषधि कम्पनीका दुई अधिकारीले दिए राजीनामा
टोकियो । जापानी औषधि निर्माता कम्पनी कोबायाशी फर्मास्युटिकलका दुई शीर्ष अधिकारीले राजीनामा दिएका छन् । कम्पनीका केही उत्पादनको सेवनका कारण ८० भन्दा धेरै बिरामीको मृत्यु भएको मामिलामा अनुसन्धान जारी रहँदा कम्पनीको प्रेसिडेन्ट आकिहिरो कोबायाशी र चेयरम्यान काजुमासा कोबायाशीले राजीनामा दिएका हुन् ।
यी दुवै कम्पनीको संस्थापक परिवारका सदस्य हुन् । बेनी कोजी फर्मेन्टेड राइस प्रडक्टको सेवनका कारण मृत्यु भएको मामिलामा कार्यकारी जबाफदेहिता स्पष्ट पार्न सो निर्णय गरिएको कम्पनीले भनेको छ ।
उक्त प्रडक्ट खाएपछि उपभोक्ताहरूको मिर्गौलामा समस्या देखिएको खबरहरू आएपछि मार्चमा कम्पनीले पाँच ओटा प्रडक्टलाई बजारबाट फिर्ता बोलाएको थियो । एक जना डाक्टरले जनवरीमै ती प्रडक्ट सेवनका कारण स्वास्थ्यमा समस्या देखिएको भनेर सतर्क गराएपछि कम्पनीले अनुसन्धान थालेको थियो । यस मामिलामा सल्लाह सुझाव खोज्ने उपभोक्ताका लागि कम्पनीले हटलाइन पनि सुरु गरेको थियो । प्रभावित उपभोक्ताहरूले पिसाबको रङ्ग फेरिएको, हात खुट्टा सुन्निएको र थकान महसुस भएको भन्दै गुनासा गरेका थिए ।
कम्पनीको एउटा कारखानामा ढुसीका कारण ती खाद्य वस्तुमा विषाक्त एसिड बनेको अनुसन्धानका क्रममा भेटिएको थियो । यस घटनाप्रति कम्पनीले उपभोक्ता र व्यवसायीक साझेदारहरूसँग माफी माग्दै मृतकका परिवारमा गहिरो समवेदना व्यक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस