घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध मुद्दा दायर
मङ्गलबार, ०८ साउन २०८१, १४ : २५

काठमाडौँ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इन्जिनियर मो. अख्तर हुसैनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा उनलाई अख्तियारले नियन्त्रणमा लिएको थियो ।
हुसैनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय मागदाबी लिई मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा