टेस्लाले आगामी वर्षदेखि ह्युमनोइड रोबोट बनाउने
![टेस्लाले आगामी वर्षदेखि ह्युमनोइड रोबोट बनाउने](https://npcdn.ratopati.com/media/news/c5912f70-4898-11ef-9df7-1ba747fb1c2b.jpg_EIUlTvPPlu.webp)
वासिङ्टन डिसी । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले ह्युमनोइड रोबोट बनाएर प्रयोग गर्न थाल्ने भएको छ । सामाजिक सञ्जालमा एक पोस्टमा मस्कले यस्तो बताएका हुन् । कम्पनीले आगामी वर्षदेखि ती रोबोट बनाउन थाल्ने जनाइएको छ । कम्पनीले सुरुमा आफैँले ती रोबोट प्रयोग गर्ने अनि सन् २०२६ देखि मात्रै बेच्न थाल्ने जानकारी गराएको छ ।
टेस्लाको कारखानामा प्रयोगका लागि यो वर्षको अन्त्यसम्ममा अप्टिमस नाम गरेको रोबोट बनेर तयार हुने आशा गरिएको यस अघि मस्कले बताएका थिए । होन्डा र बोष्टन डाइनामिक्स जस्ता कम्पनीहरूले पनि आ–आफ्नै ह्युमनोइड रोबोट बनाइरहेका छन् ।
कम्पनीले आगामी वर्ष आन्तरिक प्रयोगका लागि निकै थोरै सङ्ख्यामा रोबोट बनाउने मस्कले माइक्रोब्लगिङ वेबसाइट एक्समा एक पोस्टमा भनेका छन् । सन् २०२६ देखि भने अन्य कम्पनीका लागि ठुलो सङ्ख्यामा रोबोटको उत्पादन थालिने बताइएको छ ।
टेस्लाले आफ्नो पछिल्लो त्रैमासिक आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभन्दा एक दिन अघि मात्रै यो घोषणा आएको हो । सोमबार न्यूयोर्कमा नियमित समयको कारोबारमा टेस्लाको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको थियो । मानवका लागि असुरक्षित, बारम्बार दोहोर्याइरहनु पर्ने र दिक्कलाग्दो कामहरू गर्न कम्पनीले स्वचालित ह्युमनोइड रोबोट बनाउन लागेको कम्पनीले बताएको थियो ।
कम्पनीले यी रोबोट प्रत्येक २० हजार डलरभन्दा कममा बेच्ने मस्कले यसअघि नै भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?
-
नगरको नारा, ‘एक घर एक धारा’
-
रातोपाटी ब्रिफिङ : राजीनामा बुझाएका व्यक्ति एआईजी बढुवादेखि मेलम्चीको पाइप फुटेपछि काठमाडौं जिल्ला अदालतका फाँटमा क्षतिसम्म
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा