यी हुन् भारतीय बजेट भाषणका महत्त्वपूर्ण घोषणा
नयाँ दिल्ली । मंगलबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आगामी आर्थिक वर्षको लागि नयाँ बजेट पेस गरेकी छिन् । तेस्रो पटक सत्तामा आएपछि केन्द्रमा नरेन्द्र मोदी सरकारको यो पहिलो बजेट हो ।
नयाँ कर प्रणाली छनोट गर्नेहरूका लागि स्ट्यान्डर्ड डिडक्शन ५० हजार भारुबाट बढाएर ७५ हजार भारुमा पुर्याइएको छ । नयाँ कर प्रणाली अन्तर्गत वार्षिक तीन लाख भारुसम्म कुनै कर लाग्ने छैन ।
तीनदेखि सात लाखसम्म पाँच प्रतिशत, सातदेखि १० लाख भारुसम्म १० प्रतिशत कर लाग्नेछ । १२ देखि १५ लाखसम्म २० प्रतिशत कर छ । १५ लाखभन्दा माथिको वार्षिक आम्दानीमा ३० प्रतिशत कर लाग्ने छ ।
पुरानो कर प्रणालीमा भने कुनै पनि हेरफेर गरिएको छैन । आयकर ऐनको छ महिनाभित्र पुनरावलोकन गरिने सीतारमणले बताएकी छिन् । आयकरलाई सहज बनाइनेछ भने समयमा टीडीएस भुक्तानी नगर्नुलाई अपराध मानिने छैन ।
बजेटमा पुँजीगत लाभ छुट सीमा २५ हजार भारु बढाएर १ लाख २५ हजार भारुमा पुर्याइएको छ । लगानीकर्तामा लगाइएको एन्जल ट्याक्स हटाइएको छ । पुँजीगत लाभकर अर्थात् एक वर्षभन्दा माथिको लगानीमा हुने नाफा १० प्रतिशतबाट बढाएर साढे १२ प्रतिशतमा पुर्याइएको छ । अल्पकालीन पुँजीगत लाभकरको सीमा २० प्रतिशत पुर्याइएको छ । यस अघि यो दर १० प्रतिशत थियो ।
‘शिक्षा र रोजगारीका लागि बजेटमा १४ खर्ब ८० अर्ब भारु विनियोजन गरिएको र बजेटमा रोजगारी, तालिम, एमएसएमई तथा मध्यम वर्गलाई प्राथमिकतामा राखिएको बजेट भाषणको सुरुमै निर्मला सीतारमणले घोषणा गरेकी थिइन् ।
- घोषणामा आन्ध्र प्रदेश र बिहारको लागि के छ ?
एनडीए गठबन्धनको मुख्य घटक जेडीयू र टीडीए शासित राज्य बिहार र आन्ध्र प्रदेशका लागि बजेटमा छुट्टै ठुलो घोषणा गरिएको छ ।
- बिहारको लागि:
–नयाँ विमानस्थल र पुल निर्माण गरिनेछ ।
–अतिरिक्त सहयोगको बिहार सरकारको मागमाथि विचार गरिनेछ ।
–पटना–पूर्णिया र बक्सर–भागलपुर एक्सप्रेसवे निर्माण गरिनेछ ।
–गया र दरभंगामा पनि एक्सप्रेसवे बनाइनेछ ।
–बक्सरमा गंगा नदीमाथि दुई लेनको पुल बनाइनेछ ।
–बोधगया, राजगीर, वैशाली र दरभंगामा सडक निर्माणको कामलाई गति दिनेछ ।
–अमृतसर कोलकाता औद्योगिक कोरिडोर अन्तर्गत गयामा औद्योगिक हब विकास गरिनेछ ।
–बाढी प्रभावित बिहारमा बाढी रोक्ने आयोजनालाई १ खर्ब १० अर्ब भारु दिइनेछ ।
–बिहारको गयामा रहेको विष्णुपद र महाबोधि मन्दिर करिडोरलाई काशी विश्वनाथ मन्दिर करिडोर जस्तै गरी बनाइनेछ ।
- आन्ध्र प्रदेशको लागि
–आन्ध्र प्रदेश पुनर्गठन ऐन अन्तर्गत थप सहयोग प्रदान गरिनेछ ।
–आन्ध्र प्रदेशलाई आगामी वर्षहरूमा १ खर्ब ५० अर्ब भारु दिइनेछ ।
रोजगारीका लागि के छ बजेटमा ?
–पाँच वर्षमा केन्द्र सरकारले २० लाख युवालाई तालिम दिनेछ ।
–स्वदेशी संस्थामा अध्ययन गर्न १० लाखसम्मको शैक्षिक ऋण दिने घोषणा गरिएको छ । बर्सेनि एक लाख जना विद्यार्थीले लिएको कर्जा रकममा वार्षिक तीन प्रतिशत ब्याज छुटको भाउचर दिइनेछ ।
– रोजगारी, सीप तालिम र अन्य अवसरहरू उपलब्ध गराउन पाँच वर्षमा २ लाख करोड रुपैयाँ खर्च गरिनेछ । यसबाट ४ करोड १० लाख युवा लाभान्वित हुने अनुमान गरिएको छ ।
–हब एण्ड स्पोक सिस्टम अन्तर्गत पाँच वर्षभित्र एक हजार आईटीआईलाई हाइटेक बनाइनेछ ।
–शीर्ष कम्पनीमा पाँच वर्षमा एक करोड युवालाई सीप तालिम दिइनेछ ।
– प्रधानमन्त्री इन्टर्नसिपमा १२ महिनाका लागि मासिक ५ हजार पारिश्रमिक दिइनेछ ।
–ईपीएफओमा पञ्जीकृत पहिलो पटक काम गर्ने कर्मचारीलाई एक महिनाको तलबको प्रत्यक्ष लाभ अनुदान दिइनेछ । यिनीहरूलाई तीन किस्तामा १५ हजार भारुसम्म दिइनेछ । यस योजनाबाट दुई करोडभन्दा बढी युवा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
- के सस्तो हुने भयो ?
बजेटमा औषधि र चिकित्सा उपकरणमा भन्सार घटाउने घोषणा गरिएको थियो । यसले क्यान्सरसँग सम्बन्धित औषधिको मूल्य घटाउनेछ । फोन र चार्जरमा लाग्ने भन्सार महसुल पनि १५ प्रतिशतले घटाइने घोषणा गरिएको छ । यसबाट फोन सस्तो हुनेछ । सुन र चाँदीमा भन्सार महसुल घटाउने घोषणा गरिएको छ ।
मोदी सरकारको बजेटका अन्य महत्त्वपूर्ण बुँदा यस्ता छन्:
–ग्रामीण क्षेत्रको विकासका लागि २६ खर्ब ६० अर्ब भारु छुट्याइएको छ ।
–कृषि क्षेत्रको लागि १५ खर्ब २० अर्ब भारुको बजेट विनियोजन गरिएको छ ।
– ५ राज्यमा जनसमर्थनमा आधारित किसान क्रेडिट कार्डहरू जारी गरिनेछ ।
– छनोट गरिएका सहरहरूमा सय साप्ताहिक झुपडी वा स्ट्रिट फुड हब निर्माण गरिनेछ ।
–पीएम सहरी आवास योजनाअन्तर्गत सहरका एक करोड गरिब र मध्यम वर्गीय परिवार लाभान्वित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस