एक जनाको डुबेर मृत्यु, ५ जना मृत फेला
मङ्गलबार, ०८ साउन २०८१, १३ : २२
काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका-५ लडिया घाटस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्ने १५ वर्षीय भुपेन्द्र रानाको सोमबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी देशका विभिन्न स्थानमा ५ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- रौतहट, राजपुर नगरपालिका-६ राजपुर बस्ने नजबुल्लाहा मन्सुरीको छोरी १५ वर्षीया चाँदनी खातुन आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
- धनुषा, सबैला नगरपालिका-८ ठिल्ला बस्ने जारिस राईनको छोरा ७ वर्षीय फैजान राईन सोही ठाउँस्थित पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-३ जमुनाघाडीस्थित खेतमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २९ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
- बारा, कोल्हबी नगरपालिका-२ ककैया खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
- कपिलवस्तु, महाराजगंज नगरपालिका-६ ठुलो बुटहनियामा सोही ठाउँ बस्ने ३० वर्षीया निर्मला कुर्मी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर अस्पतालमा मन्त्रीको छड्के
-
रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की
-
पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना
-
१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म
-
स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी
-
नेपालमै पहिलोपटक पुराणवाचकको लाइसेन्सका लागि एक वर्षे प्रशिक्षण सुरु