जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौँ । काभ्रे र सुनसरी जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।
काभ्रेको पनौती नगरपालिका-७ स्थित पनौती बसपार्क नजिक बस्ने दुर्गा बहादुर घलानको घरमा जुवातास खेलिरहेको अवस्थामा घलान समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ५५ रुपैयाँ र १ सय ६१ पत्ती तास सहित पक्राउ गरेको हो ।
त्यसैगरी सुनसरीको ईटहरी उपमहानगरपालिका-८ सहिद टोल बस्ने पृथ्वीराज खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-८ बस्ने ४१ वर्षीय रविन गुरागाई समेत ७ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । सीआरभी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ६ सय ५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा उद्योग र कम्पनी दर्ताको दर घट्दो
-
जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
-
मकवानपुरको सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते
-
आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता
-
आमाको नामबाट नागरिकता लिन सकस, दशकदेखि धाउँदा पनि सुन्दैन सरकार
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना