ओलम्पिक र महिला सहभागिता : पेरिससँग जोडिएको यो संयोग

काठमाडौँ । विश्व खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता हो, ओलम्पिक । ओलम्पिक खेलकुदको ३३औँ संस्करण आगामी शुक्रबार फ्रान्सको राजधानी सहर पेरिसमा सुरु हुँदैछ ।
अगस्त ११ तारिखसम्म चल्ने पेरिस ओलम्पिकमा दुई सय ६ राष्ट्रका १० हजार सात सयभन्दा बढी खेलाडीले सहभागिता जनाउँदै छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को निलम्बनमा परेका कारण रुस र बेलारुस भने पेरिस ओलम्पिकमा सहभागी छैनन् ।
पेरिस ओलम्पिकमा ३२ वटा खेलको तीन सय २९ स्पर्धा समावेश गरिएको छ । ओलम्पिक खेलकुदको इतिहासमा पहिलो पटक उद्घाटन समारोह नदीमा आयोजना हुने भएको छ ।
ओलम्पिक खेलकुदको लामो इतिहासमा पेरिस सहरसँग एउटा रमाइलो संयोग पनि जोडिएको छ । आधुनिक ओलम्पिकको पहिलो संस्करण सन् १८९६ मा ग्रिसको एथेन्समा आयोजना भएको थियो ।
ओलम्पिकको पहिलो संस्करणमा पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गरेका थिए । त्यसको चार वर्षपछि सन् १९०० मा ओलम्पिकको दोस्रो संस्करण फ्रान्सको पेरिसमा आयोजना भएको थियो ।
ओलम्पिक खेलकुदको त्यो संस्करणमा पहिलो पटक महिला खेलाडीले पनि सहभागिता जनाएका थिए । त्यो ओलम्पिकमा कुल नौ सय ९७ खेलाडीले भाग लिएका थिए । त्यसमध्ये २२ जना महिला थिए ।
त्यो ओलम्पिकमा महिला खेलाडीले टेनिस, सेलिङलगायतका विभिन्न पाँचवटा स्पर्धामा भाग लिएका थिए । खेलकुदमा लैङ्गिक विभेद हटाउने उद्देश्यले महिला खेलाडीलाई पनि समावेश गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए किताब
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना
-
युभेन्ट्स बराबरीमा रोकिंदा एटलान्टा पराजित
-
सोमबार आजका लागि यस्तो छ विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
स्वास्थ्यमन्त्री पौडेल अमेरिकाको न्युयोर्कमा
-
झापामा ५० हजार बढी भूमिहीनले मागे जग्गाधनी पूर्जा