झाँझ खोलामा बेवारिसे शव फेला
मङ्गलबार, ०८ साउन २०८१, ०९ : ४८

रौतहट । रौतहटको गरुडा नगरपालिका स्थित झाँझ खोलामा बेवारिसे अवस्थामा एकजना पुरुषको शव फेला परेको छ । गरुडा ५ स्थित झाँझखोलमा नाम वतन नखुलेको अन्दाजी ५०–५५ वर्षको पुरुषको शव फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताए।
आज बिहान ८ बजे खोलाको पानीमा उक्त शव तैरिरहेको अवस्थामा स्थानीयले देखेर सुरक्षा बेश दुधियाभारमा जानकारी गराएका थिए। सुरक्षा बेश दुधियाभारका प्रमुख इन्स्पेक्टर संजित कुमार सिंहको कमान्डमा ५ जना र इलाका प्रहरी कार्यालय गरुडाबाट १० जनाको संयूक्त टोलीले उक्त शवलाई बिहान ८बजेर ५० मिनेटमा खोलाबाट बाहिर निकालेको थियो ।
शवको हालसम्म पहिचान नखुलेको तथा पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पटाइने सशस्त्र प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु
-
१० बजे १० समाचार : उपभोक्ता अदालत गठन, समाजवादी मोर्चाको शक्ति प्रदर्शन
-
प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी
-
नेपाली मूलका विजय पौडेल क्यानडामा बने सांसद पदको उम्मेदवार
-
चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’
-
एघार कर्मचारी भएको कार्यालयलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी