मोदी सरकारको तेस्रो कार्यकालको पहिलो बजेट आज सार्वजनिक हुँदै

नयाँ दिल्ली । भारतीय संसद्को मनसुन अधिवेशन सुरु भएको छ । अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार संसद्मा बजेट प्रस्तुत गर्दैछिन् । सोमबार सीतारमणले आर्थिक सर्वेक्षण २०२३/२४ प्रस्तुत गरेकी थिइन् ।
आर्थिक सर्वेक्षणमा भारतको जीडीपी आर्थिक वर्ष २०२४/२०२५ मा करिब सात प्रतिशतको दरले बढ्न सक्ने अनुमान गरिएको छ । यससँगै आर्थिक वर्ष २०२४/२५ मा मुद्रास्फीति ४ दशमलव ५ प्रतिशतले घटेर आर्थिक वर्ष २०२५/२६ मा ४ दशमलव १ प्रतिशतमा पुग्न सक्ने आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले ६० वर्षपछि लगातार तेस्रो पटक सरकार आएको र तेस्रो पारीको पहिलो बजेट प्रस्तुत गर्ने बताएका थिए । उनले यो बजेट अमृतकालको महत्त्वपूर्ण बजेट भएको बताए ।
बजेटले आगामी पाँच वर्षको कामको दिशा तय गर्ने बताउँदै मोदीले यो बजेटले सन् २०४७ मा विकसित भारतको हाम्रो सपनाको जग बसाल्ने दाबी गरे। ठूला अर्थतन्त्र भएका देशहरूमध्ये भारत सबैभन्दा तीव्र गतिमा बढ्दै गएको देश हुनु सबै देशवासीका लागि गर्वको विषय भएको पनि प्रधानमन्त्री मोदीको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ