पुष्पलाललाई महासचिवबाट हटाउने षड्यन्त्र कसले किन गर्यो ?
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । २००६ साल वैशाख १० गते नेकपा स्थापना गरेका उनै पुष्पलाललाई दुई वर्ष नपुग्दै २००८ सालमा महासचिवबाट हटाएर मनमोहन अधिकारी महासचिव भएका थिए ।
२०१७ सालमा राजा महेन्द्र शाहले निरङ्कुश पञ्चायती शासन लागु गरेपछि टुटफुट र विभाजनमा रहेका कम्युनिस्ट पार्टीलाई पुनर्गठन गर्दैमा २०३५ साल साउन ७ गते उनको निधन भएको थियो ।
उनी किन वामपन्थी राजनीतिमा आकर्षित भए ? कसरी महासचिवबाट हटाइए ? उनको आचरण र व्यवहार कस्तो थियो ? जीवनको अन्तिम समयमा के भनेका थिए ? यी लगायत विषयमा उनका सहोदर भाइ विजयलाल श्रेष्ठसँग रातोपाटीका संवाददाता गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, उनै ९० वर्षीय श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः
पुष्पलाललाई तपाईं कसरी सम्झनु हुन्छ ?
५५ वर्षको उमेरमा उहाँको देहान्त भयो, त्यसमा दुःख लागेको छ । तर उहाँको योगदान, विचार, जीवन यात्रा, सङ्घर्षका कारण उहाँले उठाएको गणतन्त्रको एजेण्डा पूरा भएको छ । राजनीतिमा उहाँको योगदानदेखि म सन्तुष्ट छु ।
पुष्पलाल नेपाली राष्ट्रिय कांग्रेसबाट वामपन्थी आन्दोलनमा आकर्षित हुनुको कारण के रहेछ ?
त्यतिबेला हाम्रो घर प्याफलमा थियो । एक दिन गंगालाल र उसको एक जना साथी कुरा गरिरहेका थिए । सोही बेला पुष्पलाल बाहिरबाट आइपुग्नुभयो । म सानै थिएँ । हामीले सारमा बुझेको । रुसमा धर्म मान्दैन, गरिबी छैन । १९९७ सालमा गंगालाललाई राणाहरूले मृत्युदण्ड दिनुअघि मैले बालेको प्रजातन्त्रको दियो निभ्न नदिनु भनेर माइला दाइ (पुष्पलाल)लाई भनेकाले उहाँले राणा शासनविरुद्ध सूर्यबहादुर भारद्वाज, प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ लगायतसँग मिलेर नेपाल प्रजातन्त्र संघ गठन गर्नुभएको थियो ।
त्यसपछि प्रजातन्त्रको आन्दोलन भयो । नेपाली राष्ट्रिय कांग्रेस गठन भयो । त्यसमा बीपी र डिल्लीरमण रेग्मीबिच झगडा भयो । बीपी र डिल्लीरमण दुवै घमण्डी भएकाले विवाद मिलेन । त्यसपछि नेपाली राष्ट्रिय कांग्रेस र सुवर्ण शामशेरले नेतृत्व गरेको प्रजातान्त्रिक कांग्रेस मिलेर नेपाली कांग्रेस गठन भयो ।
त्यसपछि प्रजातन्त्रको आन्दोलन भयो । नेपाली राष्ट्रिय कांग्रेस गठन भयो । त्यसमा बीपी र डिल्लीरमण रेग्मीबिच झगडा भयो । बीपी र डिल्लीरमण दुवै घमण्डी भएकाले विवाद मिलेन । त्यसपछि नेपाली राष्ट्रिय कांग्रेस र सुवर्ण शामशेरले नेतृत्व गरेको प्रजातान्त्रिक कांग्रेस मिलेर नेपाली कांग्रेस गठन भयो ।
अब यो नेपाली कांग्रेस राष्ट्रिय पनि हुँदैन र प्रजातान्त्रिक पनि हुँदैन भन्ने पुष्पलालले निष्कर्ष निकालेको हुनुपर्छ । अर्को, त्यतिबेला चीनमा पनि कम्युनिस्ट आन्दोलन उत्कर्षमा पुग्न लागेको थियो । रुसी क्रान्ति भइसकेको थियो । त्यसको प्रभावले पनि उहाँ कम्युनिस्ट पार्टी गठन गर्नेतर्फ आकर्षित भएको देखिन्छ । बीपी र डिल्लीरमणले केही गर्दैनन् भन्ने ठानेर नेकपा गठन गरेकोजस्तो लाग्छ ।
संस्थापक महासचिव बनेर पुष्पलालले नेकपा गठन गर्नुभयो । तर २००८ सालमा उहाँलाई हटाएर नामै नसुनेका मनमोहन अधिकारी कसरी नेतृत्वमा आउनुभयो ?
मनामोहन भारतीय कम्युनिस्ट पार्टी अनुसार चलेका हुन् । त्यसैले नेकपामा आउँदैनन् भनेर पनि पुष्पलालले एक्लै पार्टी गठन गरेको हुन सक्छ । मनमोहन, शैलेन्द्र उपाध्यायले पहल गर्न सकेनन् । भारतीय कम्युनिस्टमा भएकाले पार्टी गठनमा केही गडबड गर्ने आशङ्काले पनि हुन सक्छ ।
पहिला कम्युनिस्ट पार्टी गठन गरौँ, त्यसपछि हेरौँ भन्ने पनि हुनसक्छ । काम नगर्ने, खाली गफमात्र गर्ने मान्छे राखेर संगठनमा बाधामात्र हुन्छ भनेर पनि हुन सक्छ । पछिल्लो घटनाक्रमले पनि त्यही देखाएको छ ।
पहिले नै थाहा दिएको भए पार्टी गठन नै हुन सक्दैनथ्यो । शैलेन्द्र, धनुषचन्द्र गौतम, मनमोहन मिलेर त्यतिबेला पुष्पलालमाथि षड्यन्त्र गरेका हुन् । यी सबै षड्यन्त्र काठमाडौंँका पहिलो मेयर जनकमान श्रेष्ठको घरमा भएको हो । जहाँ मनमोहन भूमिगत अवस्थामा बसेका थिए ।
जनकमान मेरो फुपूको छोरा हुन् । त्यतिबेला लगनको कलाछी टोलमा उनको घर थियो । त्यतिबेला उनी काविल कम्युनिस्ट थिए । त्यो घटनापछि पार्टीमा काम गर्न छोडे । उनले मनमोहन र माइला दाइ(पुष्पलाल)लाई के गरेको भनेर प्रश्न गरेका थिए । पार्टी विभाजनको कुरासमेत गरेका थिए । तर पुष्पललाले नै पार्टी विभाजन नगरौँ भनेर नेतृत्व छाड्न तयार भएपछि विवाद मिलेको थियो । धनुषचन्द्र र शैलेन्द्रलाई नेकपाको दोस्रो महाधिवेशनबाट निलम्बन गरेको थियो ।
मनमोहनले पुष्पलालमाथि षड्यन्त्र किन गरे ?
मेरो विचारमा पुष्पलाल भनेको त्यो व्यक्ति हो, जसको अगाडि र पछाडि संगठन हुन्थ्यो । किसान आन्दोलन उहाँकै पालामा भएको हो । उहाँकै पालामा विभिन्न जनवर्गीय संगठन बनेको हो । छिमेकीसँग असल सम्बन्ध राख्नुपर्छ, असंलग्न परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ भनेर जुलुस निकालिएको थियो । त्यसमा म पनि सहभागी भएको थिएँ ।
पुष्पलालले म्याट्रिक मात्र पास गर्नुभएको थियो । मनमोहनले बीएसी पास र शैलेन्द्रले बीए पास गरेका थिए । उनीहरू पोलिटब्युरो सदस्य थिए । उनीहरूमा पढाइको दम्भ भयो भन्ने मलाई लाग्छ । तर उनीहरूले यो विचार गरेनन् कि संगठन बनाउन पढाइ आवश्यक छैन, ज्ञान हुनुपर्छ ।
पुष्पलालले म्याट्रिक मात्र पास गर्नुभएको थियो । मनमोहनले बीएसी पास र शैलेन्द्रले बीए पास गरेका थिए । उनीहरू पोलिटब्युरो सदस्य थिए । उनीहरूमा पढाइको दम्भ भयो भन्ने मलाई लाग्छ । तर उनीहरूले यो विचार गरेनन् कि संगठन बनाउन पढाइ आवश्यक छैन, ज्ञान हुनुपर्छ । भगवान बुद्धले के पढेका थिए ? जंगबहादुरले के पढेका थिए ? निरक्षर भए पनि पछि आएर पढेकामात्र हुन् । मानिसको दिमाग, मन र आत्मसमर्पण, सिद्धान्तप्रति निष्ठा हुनुपर्छ । पुष्पलाल तीन ‘स’ (सङ्घर्ष, संगठन र सिद्धान्त)प्रति निष्ठावान व्यक्ति हुनुहुन्थ्यो । कम्युनिस्ट आचरण र व्यवहारलाई खरो रूपमा पालना गर्ने व्यक्ति हुनुहुन्थ्यो ।
मनमोहनले भारतीय कम्युनिस्ट पार्टीमा काम गरे । जयप्रकाश नारायणको विभागमा काम गरे । पुष्पलालले नेपाली राष्ट्रिय कांग्रेसमा काम गर्नुभएको थियो । पुष्पलालको अनुभव र उनीहरूको सोचाइ फरक रह्यो । उनीहरूमा हिन्दुस्तान स्वतन्त्र नभइ नेपाल स्वतन्त्र हुन सक्दैन, प्रजातन्त्र आउँदैन भन्ने सोचाइ थियो । पुष्पलालको सोचाइ देश र कालअनुसार हुन्छ भन्ने थियो । यिनै कारण रहेजस्तो लाग्छ ।
अर्को एकेडेमिक बुर्जुवा शिक्षाले संगठनलाई बल पु¥याउँछ । तपाईंहरू प्रथम हुनुहोस्, दोस्रो हुनुहोस् । कमसेकम यसले इज्जत दिन्छ । अन्ततः यसले संगठनलाई बलियो बनाउन मद्दत गर्छ भन्नुभएको थियो । यसबाट उनीहरूले दम्भ बढेको देखिन्छ । म्याट्रिक पास गर्नेलाई किन नेता मान्ने भन्ने परेको देखिन्छ ।
बौद्धिक शोषणमा पुष्पलाल परेजस्तो लाग्छ । पुष्पलालमाथि किन षड्यन्त्र भयो भनेर एमालेका नेता केशव बडालले समेत लेखेका छन् । दोस्रो सम्मेलनसम्म नपुगी पुष्पलाललाई किन हटाउनुभयो भनेर मनमोहनलाई प्रश्न गरेका छन् । त्यो विषय मलाई पनि खट्किन्छ । पोलिटब्युरोको बैठकका कारणले त्यस्तो भएको हो । मलाई पनि आत्मग्लानि भएको छ भनेर उहाँले भन्नुभएको कुरा किताबमा लेखिएको छ ।
००८ सालमा पुष्पलाललाई हटाएपछि २०१० सालमा भएको प्रथम महाधिवेशनमा महाधिवेशन प्रतिनिधिले पुष्पलाललाई न्याय नदिइ मनमोहनलाई नै किन महासचिव बनाए होला ?
ठिक प्रश्न सोध्नुभयो । मेरो विचारमा त्यतिबेला अध्ययन केन्द्र थियो । अध्ययन गर भन्थ्यौँ । अध्ययन नेतृत्वले मात्र होइन, महाधिवेशन प्रतिनिधिले पनि गर्नुपर्छ । कस्तो नेता छान्ने भन्ने मुख्य भूमिका प्रतिनिधिको हो । गणतन्त्रको लाइन पुष्पलालको थियो । तर नेतृत्वमा राजावादी लाइनको मान्छे चुनिए ।
कार्यकर्ताहरूले राम्रो अध्ययन गर्न नसकेकाले नेताहरूलाई मूल्याङ्कन गर्न सकेनन् । नेतृत्वमा गएपछि भोट त उसैको हुन्छ । कार्यकर्ताको अध्ययन र मूल्याङ्कनको कमी भएको हुनाले पार्टीमा केशरजंग रायमाझीजस्ता व्यक्ति हावी भए ।
कार्यकर्ताहरूले राम्रो अध्ययन गर्न नसकेकाले नेताहरूलाई मूल्याङ्कन गर्न सकेनन् । नेतृत्वमा गएपछि भोट त उसैको हुन्छ । कार्यकर्ताको अध्ययन र मूल्याङ्कनको कमी भएको हुनाले पार्टीमा केशरजंग रायमाझीजस्ता व्यक्ति हावी भए ।
पाटन जिल्लामा सम्मेलन भएको थियो । मनमोहन र पुष्पलाल पनि जनमानकै घरमा थिए । पार्टी क्याडरहरूले मनमोहनलाई नेता मान्न तयार छैनौँ, पुष्पलाललाई हटाएको सम्बन्धमा जवाफ चाहियो भनेर प्रश्न उठाएका थिए ।
मनमोहनले हामीबाट गल्ती भयो भनेका थिए । तर पुष्पलालले नै म आफैँले नेतृत्व छोडेको हो, किन फाटो हाल्नु ? पछि अन्तरपार्टी सङ्घर्ष छँदैछ भन्नुभयो । तुलसीलाल अमात्यलाई निलम्बन गर्दा भनेको कुरा सम्झना छ– वनमा पनि सेतो झण्डा भएको कम्युनिस्ट पार्टी छ भनेका थिए ।
पछि उहाँ निलम्बनमा पर्नुभयो । तर पुष्पलाल त्यसो चाहनुहुन्नथ्यो । उहाँले पार्टी विभाजनभन्दा पनि विधि, पद्धति र प्रक्रियालाई बढी जोड दिनुभयो । उहाँ नेतृत्व लिनभन्दा पनि कम्युनिस्ट पार्टीलाई बचाउनतिर लाग्नुभयो ।
२०१४ सालमा नेकपाको दोस्रो महाधिवेशनबाट डा. केशरजंग रायमाझी जस्ता पात्र नेतृत्वमा आए । जसले नेकपा नै ध्वस्त बनाए । मान्छे चिन्नमा पुष्पलालको कमजोरी देखिएको हो ?
महाधिवेशनबाट चुनिएर आएका व्यक्तिलाई कसरी हटाउने ? विधि र प्रक्रियाभन्दा बाहिर गएर हटाउने कुरा आएन । त्यतिबेला मनमोहन उपचारका लागि चीनमा थिए । उहाँ पेकिङ (हाल बेइजिङ) मै हुँदा पनि यस विषयमा कुरा गरेका थियौँ । उहाँले पुष्पलाललाई महासचिव बनाउनुपर्छ भन्दै हुनुहुन्थ्यो । तर पुष्पलालले मान्नुभएन । आफ्नो लाइन नभएपछि नेतृत्वमा बस्नु उचित ठान्नुभएन भन्ने मेरो ठम्याइ हो ।
२०१९ सालमा भएको तेस्रो महाधिवेशनपछि नेकपा छिन्नभिन्न भयो । एकातिर राजा महेन्द्रको निरङ्कुश पञ्चायती शासन, अर्कोतिर टुटफुट भएका कम्युनिस्ट पार्टीलाई कसरी पुनर्गठन गर्नुभयो ?
त्यो विषयमा कलाई केही थाहा भएन । पुष्पलाल मध्यम वर्गबाट आएको कम्युनिस्ट नेता, मनमोहन पनि मध्यम वर्गबाटै आएका नेता । रायमाझी त सामन्ती परिवारबाट आएका हुन् । यसमा वर्ग नै फरक भयोजस्तो लाग्छ । एक जना फ्याक्ट्रीमा काम गर्ने मजदुरलाई पार्टी कसरी चलाउने भन्ने थाहा हुँदैन । खेत खन्ने किसानलाई पनि त्यस्तै हुन्छ । त्यसकारण जतिजति मध्यम वर्ग बढ्दै गयो, आन्दोलन बढ्छ । आन्दोलनका लागि मध्यम वर्ग चाहिन्छ । तर पुष्पलालको अनुसार मध्यम वर्गले आफ्नो मानसिकता बदल्नुपर्छ ।
मजदुरको जुन मानसिकता छ, त्यसको मनस्थिति बदल्न सक्नुपर्छ । त्यसका लागि आफू मजदुर बन्न सक्नुपर्छ । त्यो सिद्धान्तमा आफूलाई समर्पण गर्न सक्नुपर्छ । त्यति नभइ पार्टी अगाडि बढ्दैन । मजुदर वर्गको हित हुँदैन ।
आजको कम्युनिस्ट नेताहरू ओली र प्रचण्ड हेर्नुस् त, के गरिरहेका छन् ? पुष्पलाल आफ्नो निष्ठा, सिद्धान्तमा समर्पित हुनुहुन्थ्यो । उहाँ बिरामी हुँदा भारतले उपचार गर्छु भनेको थियो । तर उपचार गर्न मान्नुभएन । त्यसैले उहाँको सोचाइ नै फरक थियो ।
आजको कम्युनिस्ट नेताहरू ओली र प्रचण्ड हेर्नुस् त, के गरिरहेका छन् ? पुष्पलाल आफ्नो निष्ठा, सिद्धान्तमा समर्पित हुनुहुन्थ्यो । उहाँ बिरामी हुँदा भारतले उपचार गर्छु भनेको थियो । तर उपचार गर्न मान्नुभएन । त्यसैले उहाँको सोचाइ नै फरक थियो ।
संयुक्त जनआन्दोलनको पक्षमा उहाँ हुनुहुन्थ्यो । गणतन्त्रको लाइन थियो भन्ने कुरा नेकपाको पहिलो पर्चामै उल्लेख छ । त्यसैले पुष्पलालको दुरदृष्टि रहेको देखिन्छ । त्यतिबेला प्रधानमन्त्रीको अफर आएको बेला उहाँले अस्वीकार गरेको कुरा जनकमानले किताबमै लेखेका छन् । राजा महेन्द्र बनारस जाँदा नभेटेको विषय छ । नेता भएर समर्पित हुनुपर्छ । सच्चा कम्युनिस्टमा हुनुपर्ने गुण उहाँमा देखिन्छ ।
२०१७ सालमा राजा महेन्द्रले निरङ्कुश पञ्चायती व्यवस्था लागु गरेपछि पुष्पलाल धेरै समय नेपालमै बस्नुभयो कि भारतमा ?
०१७ सालमा ‘कु’ भयो । ०१८ सालमा उहाँ भारत जानुभयो । जानु एकदिन अगाडि मलाई भेट्न आउनु भएको थियो । मलाई भारत जान लागेको थाहा थिएन । भित्रभित्र नेताहरूसँग भेटघाट भयो होला । मसँग भेट भएन । भारतमा ७/८ पटक भेट भयो । मेरो परिवार नै भारत लगेर उहाँसँग भेट गराएको छु ।
पहिले पनि धेरै पटक उहाँ भारत गइसक्नुभएको थियो । म तीन वर्षको हुँदा आमा बित्नुभयो । उहाँको र मेरो उमेर १० वर्षको फरक छ । माया लाग्थ्यो होला । २००३ सालतिर हुन सक्छ । उहाँ भारत जानु अगाडि मलाई भेडासिंहको एक मन्दिरभित्र लगेको याद छ, जहाँ हजाम बस्थे ।
१२ पैसाले कपाल कट्थ्यो । त्यहाँ गएर कपाल काट्न लगाउनुभयो । उहाँ फर्किएर जानुभयो । कहाँ जानुभयो होला भनेको त आँप किन्न जानुभएको रहेछ । आँप राखेको छु खा भनेर उहाँ फेरि निस्किनुभयो । बाबुआमामा हुने पारिवारिक जिम्मेवारी उहाँमा थियो ।
तपाईंलाई राजनीतिमा लाग्नुपर्छ भनेर भन्नुभएन ?
मलाई राजनीतिमा लाग वा नलाग केही भन्नुभएन । म आफैँ लागेको हो र आफैँ छोडेको हुँ । दिल्लीमा जाँदा भेट हुन्थ्यो । मसँग पारिवारिक बाहेक राजनीतिक कुरा हुने थिएन ।
तपाईं कहिलेदेखि राजनीतिमा लाग्नुभयो ?
म पहिलेदेखि नै लागेको थिएँ । नेपाली कांग्रेसको विभिन्न जुलुसमा लाग्थेँ । तर नेकपाको सदस्यता पाएको ००९ सालमा हो ।
पुष्पलालको अन्तिम क्षणहरू कसरी बित्यो, स्मरण गर्न सक्नुहुन्छ ?
अन्तिम क्षणमा मैले बालाई केही गर्न सकिनँ भनेर अफसोस गर्नुभएको थियो । मैले पार्टी कसरी चलिरहेको छ भनेर सोध्दा राम्रैसँग चलेको छ भन्नुहुन्थ्यो । सन् १९७७ सालमा अन्तिमपटक भेट भयो ।
म बैंकक जाँदै थिएँ । घर बिदामा आएर फर्किँदा कोलकत्ता भएर जानेबेला बनारसमा भेट भएको हो । सन् १९७८ मा उहाँको निधन भयो । अन्तिम क्षणमा बैंककमा भएकाले भेट हुन सकेन ।
खासमा उहाँमा रोग के थियो ?
आँखा, छाती र मुटुको समस्या थियो ।
उहाँको आचरण र व्यवहार कस्तो थियो ?
केटाकेटीदेखि नै सामान्य थियो । आफूसँग पैसा भएन भने हामीसँग माग्नुहुन्थ्यो । दिदीसँग पनि पैसा माग्नुहुन्थ्यो । फेरि आफूसँग भएको बेलामा बाँड्नुहुन्थ्यो । पार्टी सिद्धान्त र निष्ठामा समर्पित व्यक्ति हुनुहुन्थ्यो । परिवारका सबैले उहाँलाई माया गर्थे ।
केटाकेटीदेखि नै सामान्य थियो । आफूसँग पैसा भएन भने हामीसँग माग्नुहुन्थ्यो । दिदीसँग पनि पैसा माग्नुहुन्थ्यो । फेरि आफूसँग भएको बेलामा बाँड्नुहुन्थ्यो । पार्टी सिद्धान्त र निष्ठामा समर्पित व्यक्ति हुनुहुन्थ्यो । परिवारका सबैले उहाँलाई माया गर्थे ।
घरमा एक पैसा नकमाउने उहाँ नै हुनुहुन्थ्यो । तै पनि सबैले उहाँको तारिफ गर्थे । त्यस्तो अचरण थियो । यो मन पर्ने, त्यो मन नपर्ने केही थिएन । खानपान सामान्य थियो । उहाँलाई फेसन गर्नमा कुनै चासो थिएन । साइला दाइचाहिँ फेसन, क्रिम पाउडर दल्ने, अर्कै खालको थियो ।
जुन व्यक्तिले नेकपा गठन गर्नुभयो । त्यही व्यक्तिलाई गद्दार समेत भनेर आरोप लगाए नि ?
आफ्नो मानसिकता सर्वहारा वर्गको मानसिकतासँग परिवर्तन गर्न नसक्नु यसको कारण हो । अर्को, कम्युनिस्टहरू हिजो ‘योङ’ थिए । उनीहरू त लडाकु भनिन्थे । अहिले ‘एक्सपोजर’ बढी भयो । त्यतिबेला केही माध्यम थिएन । वातावरणले पनि फरक ल्यायो । सँगैको साथीको बढी चर्चा हुँदा इर्स्या भयो । अहिले प्रचण्ड, ओली, माधवबिचको सम्बन्ध कस्तो छ, त्यही हेरौँ न । त्यतिबेला के थियो, अहिलेकै अवस्थाबाट पनि आकलन गर्न सकिन्छ ।
अहिलेका कम्युनिस्ट नेताहरूको राजनीतिक चरित्रलाई कसरी हेर्नुभएको छ ?
ओलीको आचरण र पुष्पलालको आचरण विल्कुल फरक छ । ओली हेरेँ, माधव हेरेँ । झलनाथ, अमृत बोहरा, केशव बडाल हेरेँ । यी कुनैमा कम्युनिस्ट आचरण पाइँदैन । मदन भण्डारीले ल्याएको मल्टीपार्टी डेमोक्र्यासी र जबज फरक के छ ? फरक केही छैन भने पुष्पलाललाई किन छोडेर आउनुभयो ?
मदन भण्डारीले पनि नयाँ जनवाद र जबजमा तात्त्विक फरक छैन भनेका छन् । छोड्नुको पछाडि आचरण मिलेन । व्यवहार मिलेन । पुष्पलाललाई बुझ्न सक्ने क्षमता कमी भयो । उसलाई कसरी साइड लगाउने भन्नेमा देखियो ? त्यसकारण अहिले पुष्पलालको उत्तराधिकारी कोही छैनन् । भविष्यमा जन्मन् सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस