कुलेश्वरमा कार दुर्घटना हुँदा ३ जना पैदलयात्री घाइते
सोमबार, ०७ साउन २०८१, २२ : ३६

काठमाडौँ । काठमाडौँको कुलेश्वरमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । कालिमाटीबाट बल्खुतर्फ जाँदै गरेको बा।११ च ५९१६ नम्बरको कारले ठक्कर दिँदा ३ जना पैदल यात्री घाइते भएको प्रहरी वृत्त कालिमाटीका डिएसपी रूपक खड्काले रातोपाटीलाई बताए ।
विपरीत दिशाबाट आउँदै गरेका यात्रुलाई कारले ठक्कर दिएको हो । घाइतेहरूलाई उपचारका लागी बल्खु स्थित बयोधा अस्पतालमा पठाइएको छ । घाइतेहरूको विवरण सङ्कलन भइरहेको डिएसपी खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको कामले गति लिन सकेन: महामन्त्री थापा
-
एक वर्षमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढ्यो
-
सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा
-
विद्रोहीद्वारा सुडानमा ४ सयभन्दा बढीको हत्या : राष्ट्रसंघ
-
आईसीसी पुरुष क्रिकेट समितिको अध्यक्षमा सौरभ गांगुली, अफगानिस्तानका महिला क्रिकेटरलाई विशेष सुविधा
-
आजदेखि अनलाइन मार्फत ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट प्रदान गरिँदै