वर्षा र अमरले पशुपतिको महायज्ञमा पुगेर ‘मोदीबेनी’सफलताको लागि मागे आशिर्वाद
काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटीले भक्ति भावले जीवन सुन्दर हुने बताएकी छन् । चलचित्र ‘मोदीबेनी’ रिलिजको सम्मुखमा आशीर्वाद लिन लागि महायज्ञमा सहभागी भएको उनको भनाई थियो ।
महायज्ञकी कथा वाचिका राधिका दासको जीवन सङ्घर्ष तथा जीवन दर्शनको विचारहरूबाट म निकै प्रभावित छु’, उनले भनिन्, ‘महायज्ञलाई सफल बनाउन सबैले पवित्र मन र उद्देश्यबाट सहयोग गर्नुपर्छ ।’
श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को सफलताका लागि कामना गर्न अभिनेत्री वर्षासहित कलाकारहरू अमर प्रताप श्रेष्ठ, कमलमणि नेपाल, दीपेन्द्र गौतम, लेखक आनन्द विक्रम क्षेत्री, निर्माता हरि श्रेष्ठलगायतको टिम सोमबार पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आयोजित एक महिने कोटीहोम महायज्ञमा सहभागी भएका हुन् ।
मानव सेवा फाउन्डेसनको प्रमुख आयोजनामा आयोजित महायज्ञमा आयोजकले ‘मोदीबेनी’ टिमलाई पञ्चेबाजासहित महायज्ञ आयोजनास्थल पुर्याएको थियो।
कार्यक्रममा कलाकार कमलमणि नेपालले महायज्ञमा उपस्थितलाई सम्बोधन गर्दै आफूले अभिनय गरेको चलचित्रलाई आशीर्वाद लिन आएको बताए । सो अवसरमा नेपालले एक भजन गाउँदै उपस्थितलाई भक्ति भावलाई झुमाएका थिए । महायज्ञमा सहभागी अभिनेता अमर प्रताप श्रेष्ठले आफूले पहिलो पटक अभिनय गरेको चलचित्रलाई सफल बनाउन आफूले प्रार्थना गरेको बताए ।
शङ्कर कोइराला निर्देशित चलचित्रमा सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, सुरेन्द्र बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको समेत अभिनय छ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । आनन्द विक्रम क्षेत्रीको लेखेका, उत्सव दाहालको छायाङ्कन र भरत रेग्मीको सम्पादन चलचित्रमा छ । चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौँ उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस