दुई मन्त्रीको विदेश भ्रमण स्वीकृत, विद्युत् महसुल विवादबारे क्याबिनेटमा छलफल नै भएन

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको विदेश भ्रमण स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्री भण्डारीलाई विमस्टेक बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली र खेलकुद मन्त्री चौधरीलाई ओलम्पिक खेल समारोहमा सहभागी हुनका लागि फ्रान्स भ्रमणमा जान स्वीकृति दिने निर्णय गरेको एक मन्त्रीले बताए ।
उद्योगी/व्यवसायी र नेपाल विद्युत् प्राधिकरणबिच देखिएको ट्रंकलाइन र डेडिकेटेड फिडरको विद्युत् बक्यौता विवादबारे सोमबारको मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नै नभएको ती मन्त्रीले बताए ।
विद्युत् प्राधिकरणले डेडिकेटेड–ट्रंकलाइनको महसुल भुक्तानी नगर्ने उद्योगहरूको विद्युत् काटेपछि प्रधानमन्त्री केपी शर्मा ओली व्यवसायीको पक्षमा उत्रिएका थिए ।
उनले उपयोग गरेको विद्युतको पैसा तिर्नुपर्ने तर उपयोग नगरेको विद्युतको पैसा नतिरेको भनेर विद्युत् काट्न नपाइने बताएका थिए । सोही विषयमा आइतबार र सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र सांसदहरूबिच सवाल जवाफ नै भएको थियो ।
यसका आधारमा कतिपयले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन सक्ने चर्चा समेत हुँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री भन्छन्, ‘मधेसमा योजना किन्ने र बेच्ने चलन धेरै छ’
-
नेपालले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने
-
‘भूठान’ को प्रिमिएरमा नेता र कलाकारले के भने ?
-
दुई जनालाई सरकारी वकिलको उन्मुक्ति, पीडित परिवार भन्छन्– ‘न्याय पाएनौँ’
-
प्रभु साहको प्रश्नः नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?
-
साउदीबाट फर्किँदा पाकिस्तानी हवाई क्षेत्र छलेर आए मोदी