शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरले विद्युतीय बस आयोजना कार्यान्वयन गर्न चासो दिएन : कार्यकारी निर्देशक सापकोटा

सोमबार, ०७ साउन २०८१, २० : २२
सोमबार, ०७ साउन २०८१

काठमाडौँ । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले विद्युतीय बस (इबीआरटी) आयोजना कार्यान्वयनमा काठमाडौँ महानगरपालिकाले चासो नदिँदा अगाडि बढ्न नसकेको बताएका छन् ।

सोमबार निर्देशक सापकोटाले सञ्चारकर्मीहरुसँगको भेटमा काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात प्रणालीको रूपान्तरण गर्ने विद्युतीय बस (इबीआरटी) अवधारणा कार्यान्वयनमा नगर विकास कोष र काठमाडौँ महानगरबिच सहकार्य भएपनि कार्यान्वयनमा आउन नसकेको गुनासो गरेका हुन् ।

उनले सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा व्यवस्था गरिएको संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणलाई कोषबाट आवश्यक प्राविधिक सहयोग प्रदान गर्ने सम्झौता भएपनि काठमाडौँका मेयर बालेन शाहले वास्ता नगर्दा कामले गति लिन नसकोको बताए । उनले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको अध्यक्षमा काठमाडौँका मेयर शाह र उपाध्यक्षमा ललितपुरका मेयर चिरीबाबु महर्जन रहेको बताए ।

उनले उक्त आयोजना कार्यान्वयनको लागि दुवै महानगरका मेयरले चासो नदिँदा यातायात प्रणालीमा रुपमान्तरण हुन नसकेको बताए । काठमाडौँमा विद्युतीय बस ट्रान्जिटका प्राजेक्ट अनुसार संघीय राजधानी यातायात व्यवस्थापन प्राधिकरण भनेर संस्था दुई वर्ष अघि स्थापना भएपनि अहिलेसम्म नियमावली आउन नसकोको उनले बताए । उनले काठमाडौँ र ललितपुरका दुई वटै मेयर काम गर्न नचाहेको बताए । उनले दुबै मेयरले काम गर्न नचाहेमा काठमाडौँको यातायात प्रणाली परिवर्तन हुन नसक्ने बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप