शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पूर्वउपप्रधामन्त्री खड्काद्वारा डा. मल्लको म्युजिक भिडियो सार्वजनिक

सोमबार, ०७ साउन २०८१, १९ : ५३
सोमबार, ०७ साउन २०८१

काठमाडौँ । कवि तथा गीतकार डा. महेन्द्रकुमार मल्लको तीजगीत ‘नाचिदे कान्छी’ सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

डा. मल्लद्वारा रचना गरिएको गीतमा गायिका सिम्रन परियारको स्वर र शिव संगीतको संगीत रहेको छ । जीवनकुमार ज्ञवालीले निर्देशन र नितु सिंह ठकुरीले व्यवस्थापन गरेको म्युजिक भिडियोमा बिपाशा चदाराले मोडलिड गरेकी छन् ।

म्युजिक भिडियो सार्वजनिक गर्दै पूर्वउपप्रधानमन्त्री खड्काले गीतसंगीतको जगेर्ना गर्नु सबैको दायित्व भएको बताए । ‘संस्कृति र सभ्यतालाई सम्मान गरेमा मात्र राष्ट्रको विकास सम्भव छ,’ उनले भने, ‘यस कार्यमा हामी सबै प्रतिबद्ध हुनुपर्छ ।’

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले प्राध्यापन क्षेत्रमा समेत रहेका डा. मल्लले संस्कृति र सभ्यताको उद्गमथलो कर्णालीबाट संस्कृतिलाई डिजिटलाइज्ड गर्ने कार्य गरेकोमा प्रशंसा गरे । उनले कर्णालीको भाका र गीतले समग्र राष्ट्रको सांगीतिक क्षेत्रलाई योगदान गरेको बताए । कर्णाली प्रदेशसभा सदस्य राजीवविक्रम शाहले गीतसंगीतको विकासविना समाजको विकास अपूरो रहने भएकाले राज्यका निकायले यसको प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए । सो अवसरमा उक्त गीतकी गायिका सिम्रन परियारको जन्मदिनको उत्सव पनि मनाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप