माओवादी सांसदको आरोप : प्रधानमन्त्री ओलीले कमिसनको प्रभावमा २२ अर्ब राजश्व छुट दिन लाग्नुभयो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसनको खेलमा लागेर उद्योगहरूलाई २२ अर्ब राजश्व छुट दिन लागेको बताएका छन् ।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्री ओलीले कमिसनमा लागेर उद्योगहरूको विद्युत् महसुल मिनाहा गर्न लागेको बताएका हुन् । उनले विद्युत् प्राधिकरणले कानुनसम्मत रूपमा बक्यौता नतिर्ने उद्योगहरूको विद्युत् काटेको भन्दै प्रधानमन्त्रीको ठाडो आदेशमा बक्यौता नतिरीकन विद्युत् जोड्नु नहुने बताए । उनले राज्य राजस्वमा चल्ने भन्दै २२ अर्ब रुपैयाँ राजश्व छुट दिनु नहुने बताए । उनले महसुल नतिर्ने उद्योगहरूलाई मिनाहा गर्ने हो भने महसुल तिरेका उद्योगहरूको पनि महसुल फिर्ता गर्नुपर्ने बताए ।
सांसद दाहालले प्रधानमन्त्री ओलीले बिचौलियाको दबाब र प्रभावमा परेर विद्युत् जोड्न आदेश दिएको भन्दै विद्युत् प्राधिकरणले प्रधानमन्त्रीको आदेशको अवज्ञा गर्नुपर्ने बताए । उनले विद्युत् प्राधिकरणले प्रधानमन्त्रीको निर्देशनको उल्लंघन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू
-
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
-
कलाकार संघले घोषणा गर्यो पुरस्कार र सम्मान
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार, ३ हजार ८ सयभन्दा बढी दीक्षित हुने