मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त

सोमबार, ०७ साउन २०८१, १७ : २३
सोमबार, ०७ साउन २०८१

बुटवल । लुम्बिनी प्रदेशमा एमाले नेता चेतनारायण आचार्य  मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले  एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा  नियुक्त गरेका हुन् ।

 उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका  प्रवक्ता  धर्मा अर्यालले जारी गरेको  प्रेस विज्ञप्तिमा उल्लेख छ।  यसअघि आचार्यले कांग्रेस एमालेका ५६  जना  प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

lumbini

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप