सामसङद्वारा नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरु
सोमबार, ०७ साउन २०८१, १७ : ०४

काठमाडौँ । सामसङले नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरु गरेको छ । नेपाली ओलम्पिक खेलाडीहरूलाई समर्थन देखाउँदै सामसङ नेपालले यस्तो प्लेटफर्म सुरु गरेको हो ।
यस प्लेटफर्मले पेरिस ओलम्पिकको आफ्नो गौरव जित्ने यात्रामा रहेका नेपाली खेलाडीहरूलाई प्रोत्साहित गर्ने कम्पनीको विश्वास छ । जसअनुसार खेलकुद प्रशंसकहरू र शुभचिन्तकहरूबाट व्यक्तिगत सन्देशहरू पठाउने सेवा सामसङले वेबसाइटबाट प्रदान गरेको छ।
वेबसाइटमार्फत फ्यानहरूले आफ्नो मन पर्ने खेलाडीलाई आफ्नो टेक्स्ट मेसेज पठाउन सक्नेछन् । यी सन्देश खेलाडीहरूले पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्न जानुअघि उनीहरूलाई पढ्नको लागि उपलब्ध गराइने सामसङले जनाएको छ ।
यसका लागि www.samsungplaza.com.np/olympics भिजिट गर्न सकिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध