किशोरी बलात्कार घटनाका दोषीमाथि कारबाहीको माग

काठमाडौँ । छाउपडी बसेकी किशोरी बलात्कार घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद राजेन्द्रलक्ष्मी गैरेले अछाममा छाउपडीमा बसेकी किशोरीमाथि भएको बलात्कारको घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्न सरकारसँग माग गरिन् ।
सांसद पूजा चौधरीले इलामदेखि कञ्चनपुरसम्मको चुरे क्षेत्र, भावर क्षेत्रको जलाधार क्षेत्र क्षयीकरण हुँदै गएको विषयमा सरकारको ध्यानाकर्षण गराइन् । यसबाट वातावरणीय समस्या बढ्दै गएको तथा पानीको स्रोत सुक्दै गएकाले त्यसप्रति गम्भीर बन्न सरकारसँग आग्रह गरिन् । उनले गाउँबस्ती कटान र डुबानले प्रभावित भएको उल्लेख गर्दै चुरे क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
सांसद शेखरकुमार सिंहले मधेश–प्रदेशको संस्कृति संरक्षण गर्न आवश्यक भएको उल्लेख गरे । यसले पर्यटकलाई आकर्षण गर्न सकिने उनले विश्वास व्यक्त गरे । सांसद कृष्णप्रसाद अधिकारीले खस्कँदो अर्थतन्त्रमा सुधार ल्याउन सुझाव दिए । सांसद विष्णुकुमारी सापकोटाले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई ध्यानमा राखेर स्वदेशमै स्थानीय तहबाट नै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रवृत्तिका लागि कम आवेदन पर्यो, प्रधानमन्त्रीद्वारा आह्वान
-
अहिलेको फेक क्लेमबारे निर्क्योलमा नपुगी सरकारले भुक्तानी दिन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल
-
तौल घटाउनमा यसले गर्न सक्छ मद्दत
-
स्वास्थ्य बीमा कार्यक्रमबाट सरकार पछि हट्न खोजेको हो ?
-
एनसलको ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी