एक वर्षमा ११ हजार ७ सय बिजुली गाडी भित्रिए, राजस्वमा धक्का
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा ११ हजार ७ सय वटा विद्युतीय गाडी (कार, भ्यान, जिप) आयात भएका छन् । यो हालसम्मकै उच्च आयात हो ।
भन्सार विभागले सोमबार प्रकाशित गरेको गत आर्थिक वर्षको आयात निर्यातको तथ्याङ्कअनुसार १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ बराबरको आयात हुँदै गर्दा जम्मा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात हुन सकेको छ । समीक्षा अवधिमा वैदेशिक व्यापारतर्फ सरकारलाई खुद १४ खर्ब ४० अर्ब घाटा लाग्न पुग्न पुगेको छ ।
यता राजस्व पनि जम्मा ४ खर्ब २० अर्ब १६ लाख रुपैयाँ मात्र उठ्न सकेको छ । व्यापार घाटा र राजस्वमा सङ्कुचन आउनुमा एउटा विद्युतीय गाडी पनि हो ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा २९ अर्ब ४७ करोड ४३ हजार रुपैयाँ बराबरका ११ हजार ७ सय वटा चार पाङ्ग्रे कार, भ्यान, जिप आयात भएका छन् । जसबाट जम्मा १३ अर्ब ६० करोड ७३ लाख रुपैयाँ बराबरको मात्र राजस्व उठ्न सकेको छ ।
यही आयातमा पेट्रोलियम गाडी भएको भए सरकारलाई तीन गुणासम्म राजस्व उठ्ने थियो । सरकारले विद्युतीय गाडीको प्रोत्साहनका लागि भन्दै भन्सार तथा अन्तःशुल्कमा २०० प्रतिशतसम्म छुट दिएको छ । जसका कारण अटोमाेबाइल बजार ईभी (विद्युतीय) सवारीतर्फ आकर्षित हुँदा राजस्वको ठुलो हिस्सा गुम्न पुगेको छ ।
कुन सेग्मेन्ट विद्युतीय गाडी कति आयात भए ?
विभागको तथ्याङ्क अनुसार समीक्षा वर्षमा ५० किलोवाट सम्म मोटर पिक पावर क्षमताका ४ हजार ५७१ वटा विद्युतीय गाडी आयात भएका छन् भने ५१ देखि १०० किलोवाट क्षमताका ६ हजार ८८५ वटा, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका २१७ वटा र २०१ देखि ३०० किलोवाटसम्मका २७ वटा विद्युतीय गाडी आयात भएका छन् ।
आयात भएका अधिकांश विद्युतीय सवारी चीन तर्फबाट आएका छन् । भारत र बाँकी कोरिया, जर्मनी, अमेरिका लगायतका देशहरूबाट समेत केही विद्युतीय गाडी आयात भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियालाई हराउन नेपालले १४० रन बनाउनुपर्ने
-
सिमेन्टको तीन महिना अघिकै मूल्य कायम गरिनुपर्छ : ज्वाला साह
-
तनहुँको डुम्रे बजारमा आगलागी
-
कर्णालीमा युवा महोत्सव हुँदै, ५ हजार युवाहरूको सहभागिता रहने
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण