रोहित र विराट कहिलेसम्म खेल्छन् ? गम्भीरले दिए यस्तो जवाफ

नयाँ दिल्ली । भारतीय पुरुष क्रिकेट टोलीका नयाँ प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा र विराट कोहलीको भविष्यबारे टिप्पणी गरेका छन् । श्रीलंका भ्रमणअघि आयोजित पत्रकार सम्मेलनमा गम्भीरले दुवै क्रिकेटरले सन् २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्ने बताएका हुन् ।
उनले भने, ‘मलाई लाग्छ कि उनीहरुले के दिन सक्छन् भन्ने टी–२० विश्वकप र ५० ओभरको विश्वकपमा नै देखाएको छ । मलाई लाग्छ दुवैमा र विशेष गरी च्याम्पियन्स ट्रफी र अस्ट्रेलिया भ्रमणका लागि धेरै क्रिकेट बाँकी छ।’
‘उनीहरू धेरै उत्प्रेरित छन् र सन् २०२१७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्छन्। यो उनीहरूको व्यक्तिगत निर्णय हो । म भन्न सक्दिनँ कि उनीहरूमा कति क्रिकेट बाँकी छ । यो पूर्णतया उनीहरूमा निर्भर छ।’
‘विराट र रोहित अझै पनि विश्व स्तरका खेलाडी हुन् र कुनै पनि टोलीले सकेसम्म लामो समयसम्म उनीहरूलाई साथ दिन चाहन्छ,’ उनले थपे ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैठकमा रविले सुनाए हिरासतको पीडा– मध्यरातमा मेराे ज्यानकाे खतरा थियो
-
सभामुख घिमिरेद्वारा विधेयकहरू प्रमाणित
-
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो
-
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाइकल र्याली (तस्बिरहरू)