प्रधानमन्त्री विषयान्तर भएपछि वर्षमान उठे, सभामुखले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रममा विषयान्तर गर्न खोजेको भन्दै माओवादी केन्द्रका सांसद वर्षमान पुनले आपत्ति जनाएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओली सांसदसँगको सवाल जवाफका लागि रोष्ट्रममा पुगेपछि सांसदको प्रश्नको जवाफ दिनुको साटो विषयान्तर गर्दै विद्युत महसुललगायतका विषयमा केन्द्रित भएर बोल्न थालेपछि सांसद पुन आसनबाट उठेर नियमापत्ति गरेका थिए ।
उनले प्रधानमन्त्रीले गालीगलोज गरेको भन्दै आपत्ति जनाएका थिए । पुनको कुरा सुनेपछि प्रधानमन्त्रीले कसले गाली गरेको छ र ? भनेर प्रतिप्रश्न गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पुनलाई आसन ग्रहण गर्न र प्रधानमन्त्रीलाई विषय केन्द्रित गर्न ध्यानाकर्षण गराएका थिए । त्यसपछि फेरि प्रधानमन्त्रीले आफू विषय केन्द्रित नै भइरहेको बताएका थिए । त्यसपछि मात्र प्रम ओलीले सांसद धनराज गुरुङले गरेको प्रश्नको जवाफ दिन थालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकका समस्या वार्ताबाट समाधान गर्छु : नवनियुक्त शिक्षामन्त्री पन्त
-
एमालेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम : तस्बिरमा हेर्नुहोस् नेतादेखि युवाहरूको नाच
-
आधारभूत कुरा पूरा नगरे सरकारमा बस्दैनाैँ : गगन थापा
-
क्रसर व्यवसायीहरूद्वारा आन्दोलनको चेतावनी, सरकारले माग नसुनेको गुनासो
-
ट्राफिकले सर्वसाधारणलाई निर्घात कुटेको भिडियो कति पुरानो ?
-
प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने नेविसंघ नेताहरू पक्राउ