बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

भारतको जीडीपी वृद्धि दर ६.५ देखि ७ प्रतिशत रहने

सोमबार, ०७ साउन २०८१, १४ : ३६
सोमबार, ०७ साउन २०८१

नयाँ दिल्ली । केन्द्रीय मन्त्री निर्मला सीतारमणले आज संसदमा आर्थिक सर्वेक्षण २०२३-२४ पेश गरेकी छिन् । उनले मंगलबार बजेट प्रस्तुत गर्नेछिन् । 

यस आर्थिक सर्वेक्षणमा भारतको जीडीपी वृद्धि दर आर्थिक वर्ष २०२५ मा ६.५-७ प्रतिशत रहने अनुमान गरिएको छ।

यससँगै रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले आर्थिक वर्ष २०२५ मा ४.५ प्रतिशतले मुद्रास्फीति दर रहनेछ जुन आर्थिक वर्ष २०२६ मा ४.१ प्रतिशत हुने अनुमान गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

चीनबाट एफडीआईमा बृद्धि भएको र यसले विश्वव्यापी आपूर्ति शृङ्खलामा भारतको सहभागिता बढाउन सक्ने र यसले निर्यात पनि बढाएको उल्लेख छ ।

आर्थिक सर्वेक्षणमा ५४ प्रतिशत रोगका लागि अस्वास्थ्यकर खानपान जिम्मेवार रहेको र त्यसमा परिवर्तन आवश्यक रहेको विश्वास गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप