प्रधानमन्त्रीसँग प्रश्नोत्तर
प्रधानमन्त्रीलाई धनराजको प्रश्न : गैरकानुनी कारोबार अन्त्य गर्ने के तयारी छ ?
सोमबार, ०७ साउन २०८१, १४ : २७

काठमाडौँ । नेपाली कांग्रेसका सांसद धनराज गुरुङ गैरकानुनी कारोबार अन्त्य गर्ने के तयारी छ भनेर प्रधानमन्त्री केपी शर्मालाई प्रश्न गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसद गुरुङले यस्तो प्रश्न गरेका हुन् ।
साथै उनले आर्थिक वर्षको बजेट वक्तव्यमा समेटिएको बुँदा नम्बर ८३,८४ र ८५ मा रहेको गण्डकी त्रिभुज आयोजना आर्थिक दृष्टिले महत्त्वपूर्ण रहेको भन्दै उक्त आयोजनाको सडक विस्तार, आँधीखोला आयोजनाको अवस्था के छ भन्दै प्रश्न गरे ।
त्यस्तै उनले आर्थिक अवस्था सुधार्न र कायम गर्न गैरकानुनी कारोबार अन्त्य गर्नुपर्ने भन्दै त्यसको तयारी के छ भनेर प्रधानमन्त्रीलाई प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन जारी हुने विश्वासिलो आधार भए मात्रै शिक्षकहरू वार्तामा बस्ने
-
शिक्षक आन्दोलनमा प्याब्सन र एन प्याब्सनले जनाए ऐक्यवद्धता
-
कर्णालीको राजधानीमा खानेपानी सङ्कट बढ्यो, ९६ घण्टाको अन्तरालमा सीमित वितरण
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला
-
सामसङले ल्यायो नयाँ वर्ष अफर