विद्युत् महसुलबारे प्रधानमन्त्रीले झुट बोल्नुभयो : सांसद दाहाल

काठमाडौँ । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विद्युत् महसुलबारे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमै झुट बोलेको बताएका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले विद्युत् महसुल नतिर्ने तर अकुत मुनाफा कमाउने ६१ वटा उद्योगले २२ अर्ब २६ करोड तिर्नुपर्ने भएपनि प्रधानमन्त्रीले बिचौलियाको प्रभावमा परेर विद्युत् लाइन जोड्न निर्देशन दिएको बताए ।
‘पहिलो र पछिल्लो अवधिको १४ अर्ब अदालतमा मुद्दा विचाराधीन छ । बाकी ८ अर्ब २६ करोड उठाउन आदेश र निर्णय गरेको छ । तर अटेर गरेपछि विद्युत् प्राधिकरणले लाइन काटेको छ’, उनले भने, ‘हिजो रोष्ट्रमबाटै प्रधानमन्त्रीले सफेद झुट बोल्नुभयो । सत्यलाई भ्रमले छोप्ने दुष्प्रयत्न गर्नुभयो ।’
उनले सबै निर्णय र फैसलालाई अवज्ञा गर्दै बिचौलियाको प्रभावमा विद्युत् लाइन जोड्ने र मिनाहा गर्ने प्रधानमन्त्रीले घोषणा गरेकोमा आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू
-
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
-
कलाकार संघले घोषणा गर्यो पुरस्कार र सम्मान
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार, ३ हजार ८ सयभन्दा बढी दीक्षित हुने