सरकारलाई असफल हुने कुनै छुट छैन : प्रमुख सचेतक बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले, वर्तमान सरकार सहज र सफल ढङ्गबाट अगाडि बढ्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले, यात्राका क्रममा चुनौतीका धेरै ठुला अग्ला अग्ला पहाडहरू भए पनि सक्षम, दूरदर्शी र दृढ पाइलाको कारणले सरकार सहज ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘चुनौतीका धेरै ठुला अग्ला अग्ला पहाडहरू छन् । यात्राका क्रममा विभिन्न बाधाहरू आउन सक्छन् । तर सक्षम, दूरदर्शी र दृढ पाइलाको कारणले गर्दा सरकार सहज ढङ्गले अगाडि बढ्ने छ । सफल ढङ्गबाट यो अगाडि बढ्छ ।’
उनले सरकार सफल ढङ्गबाट अगाडि बढ्ने सिङ्गो देशको अपेक्षा रहेको कारण सरकारलाई असफल हुने कुनै छुट नरहेको पनि बताए ।
उनले भने, ‘म शुभकामना दिन चाहन्छु र यो सरकारलाई असफल हुने कुनै छुट छैन । त्यसकारण सफल ढङ्गबाट अगाडि बढ्ने छ भनेर सिङ्गो देश बासिले अपेक्षा राखेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबिच तालमेल नहुने
-
पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
-
महाकुम्भ स्नानका लागि गएका पूर्वप्रधानाध्यापक सिंहको सवारी दुर्घटनामा मृत्यु
-
नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीको ज्यादती
-
एउटै वडामा तीन जलविद्युत् आयोजनाको निर्माण सुरु
-
च्याम्पियन्स ट्रफी : अफगानिस्तान दक्षिण अफ्रिकासँग पराजित