उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगको लाइन जोड्ने निर्णय गरेको छ । विद्युत् नियमन आयोगबाट आइतबार साँझ लिखित निर्देशन आएपछि प्राधिकरण सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगमा विद्युत् जोड्ने निर्णय गरेको हो ।
नियमन आयोगले २०८० मा जारी निर्देशिकालाई देखाउँदै विद्युत् जोड्न निर्देशन दिएको थियो । ‘विद्युत् उपभोक्ता हित संरक्षण सम्बन्धी निर्देशिका, २०८०’को दफा १३ को उपदफा १० मा यो व्यवस्था रहेको आयोगले बताएको छ । यही बमोजिम लाइन तत्काल जोड्न निर्देशन दिएको थियो ।
आयोगबाट निर्देशन आएपछि प्राधिकरणको सोमबार बसेको सञ्चालक समितिका सबैजसो सदस्य उद्योगको लाइन जोड्न सहमत बनेका हुन् । ‘सञ्चालक समितिका सबैजसो सदस्य उद्योगको लाइन जोड्न सहमत बन्नुभएको छ,’ एक जना सञ्चालक समिति सदस्यले रातोपाटीसँग भने, ‘अब आवश्यक प्रक्रिया पुर्याएर उद्योगको लाइन जोडिन्छ ।’
प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विवादपछि धमाधम उद्योगहरूको लाइन काट्दै आएको थियो । लामो समयदेखि उद्योग र प्राधिकरणको विवाद नयाँ सरकार गठनपछि नयाँ मोड लिँदै गइरहेको छ । सरकारले प्राधिकरण र नेतृत्व घिसिङलाई पेल्ने नीति अवलम्बन गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठक : सुशासन आयोग गठन गर्ने निर्णय, पौडेल सचिवमा बढुवा
-
माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन
-
धनगढी विमानस्थल जग्गा प्रकरणः प्रेम आलेविरुद्ध लेखा समितिमा पनि उजुरी
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान