समयको माग अनुसार संविधान संशोधन हुन्छ : मन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको माग र समयको आवश्यकता अनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित ‘वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा उनले तीन तहको सरकार अधिकार सम्पन्न भएर काम गरेको भए संशोधनको अवस्था नआउने भन्दै समयको माग अनुसार संशोधन गर्न सकिने बताए ।
उनले भने, ‘यो संविधानको विशेषता के हो भन्दा एउटा प्रक्रिया पूरा गरेर संविधानमा उल्लेख भएका दफाहरू त्यसलाई परिवर्तन गर्नको लागि विधि प्रक्रिया पूरा गरेर जनताको माग अनुसार संशोधन गर्न सकिने प्रावधान भएको कारणले गर्दा समयको आवश्यकता अनुसार संविधान संशोधन हुन सक्छ, यो तीन तहको सरकार अधिकार सम्पन्न भएर काम गरेको भए यो अवस्था पुग्दैनथ्यौ भन्ने मलाई लाग्छ ।’
यस्तै, उनले परिस्थिति सुधार र जनतालाई राहत दिन उद्देश्यले कांग्रेस र एमाले मिलेर सरकार गठन गरेको भन्दै अब अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरू सञ्चालन गर्ने हिसाबले अगाडि बढ्ने बताए ।
उनले भने, ‘अहिले काङ्ग्रेस र एमाले मिलेर जुन सरकार बनेको छ । यो सरकार जनताको चाहाना अनुसार काम गर्न र जनताको इच्छा पूरा गर्नको लागि बनेको हो । दुईवटा ठुला पार्टी मिलेर साना दलहरूलाई पनि साथमा लिएर सुधार गर्न र जनतालाई राहत दिनको लागि वर्तमान सरकार बनेको छ । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि र नेपालको उद्योगधन्दाहरूलाई चलायमान बनाउनको लागि हामीले काम गर्न पर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस