सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका देशभरिका यातायात कार्यालयहरू प्रभावित हुन पुगेका छन् । सरकारी डेटा तथा अनलाइन गतिविधिको सञ्चालन तथा नियन्त्रण केन्द्रीय विभाग सिंहदरबारको सर्भरमा समस्या आएपछि सबै यातायात कार्यालयहरूको अनलाइन सिस्टम समस्या परेको हो ।
अन्य मन्त्रालय तथा विभागहरूमा जस्तै इन्टरनेटको समस्याका कारण यातायात कार्यालयहरूमा समेत प्रभावित हुन पुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।
‘बिहान बेलुका राम्रै रहेको तर दिउँसो लोड बढेपछि समस्या आउने गरेको जानकारी आएको छ । तर के हो प्राविधिकहरूले काम गरिरहेका छन्’ विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले रातोपाटीसँग भने । तर यता सर्भर डाउन भएर काम नहुँदा लाखौं सेवाग्राहीहरू समस्यामा परेका छन् । सवारी जाँचपास, दर्ता तथा नवीकरणका लागि समस्या भोग्नुपरेको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो पेट्रोल र डिजेलको मूल्य
-
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरमा कति ?
-
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
-
जलविद्युतको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न बीमा प्राधिकरणसँग इप्पानको माग
-
प्रधान सेनापतिद्वारा दुई पृतनाको निरीक्षण भ्रमण
-
१२ सयबाट ३२ सय विद्यार्थी पुर्याएर बिदा भए अध्यक्ष दंगाल