चार जना मृत फेला
सोमबार, ०७ साउन २०८१, १२ : २१
काठमाडौँ । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।
- रुपन्देहीको बुटवल उपमहानगरपालिका-८ सुखानगर बस्ने बाग्लुङ बरेङ गाउँपालिका-३ घट्टे घर भएका ४० वर्षीय भोज बहादुर खत्री तिलोत्तमा नगरपालिका-४ सिमानगरस्थित बाटो छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- पर्साको वीरगन्ज महानगरपालिका-२७ जसौली बस्ने ३० वर्षीय मंसुद मिया बहुदरमाई नगरपालिका र वीरगन्ज महानगरपालिका-२७ को सीमामा बग्ने तिलावे खोलाको छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- रसुवाको नौकुण्ड गाउँपालिका-३ पाटीखर्क बस्ने २४ वर्षीया मानकुमारी तामाङ सोही नगरपालिका-४ दनसौरास्थित पहिरो गएको स्थानमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । असार ३१ गते घरबाट हिँडेकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
- उदयपुरको रौतामाइ गाउँपालिका-८ पावु बस्ने ७२ वर्षीय धमान सिंह पाचे मगर सोही गाउँपालिका-८ स्थित हुल्मा खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म