मंगलबार बजेट ल्याउँदै भारत
सोमबार, ०७ साउन २०८१, ११ : ५८

काठमाडौँ । भारतले मंगलबार (जुलाई २३) मा बजेट ल्याउने भएको छ । सन् २०२४ को युनियन बजेट अर्थमन्त्री निर्मला सितारमणले ल्याउन लागेकी हुन् ।
निर्मलाले भारतमा ल्याउने यो ७ औँ बजेट हुनेछ । टाइम्स अफ इन्डियाका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार संघीय संसद्मा बजेट प्रस्तुत गर्नेछन् ।
इकोनोमिक टाइम्सका अनुसार आज भारतीय संसद्मा आर्थिक सर्वेक्षण सार्वजनिक हुनेछ । यसपछि मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनेछ ।
आफ्नो तेस्रो कार्यकालमा रहेका प्रधानमन्त्री मोदीले बजेटमार्फत आफू अनुकूल नीति निर्माणमा जोड दिनेछन् । फस्ट पोस्टकारअनुसार यो भारतमा एकै वर्षमा दोस्रो बजेट हुनेछ ।
यसअघि फेब्रुअरी १ मा अन्तरिम बजेट ल्याइएको थियो । चुनावी वर्ष भएकाले चुनाव अघि पूर्ण बजेट ल्याउन नसक्दा यस्तो भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक