मङ्गलबार, १३ कात्तिक २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री रामचन्द्र रायको हत्या प्रकरण : सत्यतथ्य जाँचबुझ गर्न राप्रपाको माग

सोमबार, ०७ साउन २०८१, ११ : ३६
सोमबार, ०७ साउन २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वमन्त्री रामचन्द्र रायको हत्या भएको घटना दुखद् र निन्दनीय रहेको जनाएको छ । 

राप्रपाका संस्थापक नेता समेत रहेका रायको गएराति सर्लाहीको चन्द्रनगर गाऊँपालिका-१ स्थित आफ्नै निवासमा अज्ञात समूहद्वारा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । 

राप्रपाले घटनाको सत्यतथ्य जाँचबुझ गर्न, घटनामा संलग्नको खोजी गर्न र कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । 

रायको निधनबाट राप्रपाले आफ्नो संस्थापक सदस्य र तराइ मधेश क्षेत्रको एकजना लोकप्रिय राष्ट्रवादी नेता गुमाएको प्रवक्ता मोहन श्रेष्ठले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमार्mत राप्रपाले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप