रोकियो लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्यक्रम

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ)ले दाबी पेस कार्यक्रम स्थगित गरिएको छ । बिहान १० बजेको समय निर्धारण गरिएपनि अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको हो ।
प्रदेश प्रमुख कार्यालय हेटौँडामा बिहान १० बजेका लागि समय माग गरिएको भए पनि अन्तिम समयमा स्थगित भएको कांग्रेस सांसद कुन्दनराज काफ्लेले जानकारी दिए । उनका अनुसार समय सीमा बाँकी नै रहेको र थप तयारी गर्नुपर्ने भएकाले अहिलेका लागि कार्यक्रम स्थगित गरिएको हो ।
कांग्रेस एमाले गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका लामाले अब मंगलबार मात्र दाबी गर्ने उनले बताए । लामाले मंगलबार बिहान १०/११ बजे मुख्यमन्त्रीमा दाबी गर्ने उनको भनाई छ । एमाले र कांग्रेसको सहमतिमा नै लामाको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम रोकिएको उनले बताए ।
सत्ता समीकरण परिवर्तन पछि अल्पमतमा परेका प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा पछि प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका थिए । आइतबार सूचना जारी गरेर साउन ८ गते साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया