अस्पतालबाट डिस्चार्ज भइन् जाह्नवी
![अस्पतालबाट डिस्चार्ज भइन् जाह्नवी](https://npcdn.ratopati.com/media/news/jahnvi-kapoor_AH4NiDL6GR.webp)
मुम्बई । बलिउड अभिनेत्री जाह्नवी कपूर अस्पतालबाट डिस्चार्ज भएकी छन् । फुड पोइजनिङका कारण जुलाई १८ मा जाह्नवीलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनलाई जुलाई २० मा डिस्चार्ज गरिएको हो ।
जाह्नवीलाई अस्पतालबाट डिस्चार्ज गरेपछि बुबा बोनी कपूरले उनको स्वास्थ्य अपडेट दिएका थिए। बोनी कपूरले भने- जाह्नवीलाई शनिबार बिहान डिस्चार्ज गरिएको छ । अहिले उनी पहिलेभन्दा राम्रो छिन् । रिपोर्टका अनुसार भाउजू खुसी कपुर र प्रेमी शिखर पहाडियाले उनको हेरचाह गरिरहेका छन् ।
जाह्नवीको आगामी फिल्म उलझमा देखिने छिन् । यो फिल्म भदौ २ गते रिलिज हुँदैछ । जाह्नवी यस फिल्ममा आईएफएस अफिसरको भूमिकामा देखिनेछिन् । चलचित्रका निर्देशक राष्ट्रिय अवार्ड विजेता सुधांशु सारिया हुन् । चलचित्रलाई जंगली पिक्चर्सले निर्माण गरेको हो । फिल्ममा जाह्नवीका अलावा गुलशन देवैया र रोशन म्याथ्यू पनि देखिनेछन् ।
'उलज' बाहेक, जान्हवीसँग अन्य दुईवटा फिल्महरू छन् जसमा जुनियर एनटीआरसँग देवरा पार्ट वन र सनी संस्कारीको तुलसी कुमारी समावेश छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३०औँ संस्करणको क्यान इन्फोटेक २०२५ सुरु, ६० प्रतिशतसम्म छुट
-
श्री ख्वपः मूल कुमारी माजुलाई गरगहना र वस्त्र चढाइयो, तस्बिहरु
-
देशभक्त, सुयोग्य र जुझारु असल नागरिक बनाउनु आजको आवश्यकता : मुख्यमन्त्री कार्की
-
यी दुई रानी : जसको सक्रियतामा खुल्यो त्रिभुवन विश्वविद्यालय
-
१० दिनदेखि बेपत्ता बालकको शव फेला
-
वरिष्ठ पत्रकार दाहाल सम्मानित