सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, ०६ साउन २०८१, २१ : ५३
आइतबार, ०६ साउन २०८१

आज २०८१ साउन ६ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा प्रतिनिधि सभाका दुई तिहाइ सांसदबाट प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, विश्वासको मतसम्बन्धी प्रस्तावबारे छलफलमा कसले के भने ?, लुम्बिनीमा मुख्यमन्त्रीको राजीनामापछि नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान, बागमतीका मुख्यमन्त्रीले दिए राजीनामा, संविधान संशोधनबारे साना दलको फरक धारणा, मधेसका मुख्यमन्त्रीले मन्त्रालयमै गरे छड्के जाँच, आर्थिक अपराध अनुसन्धानमा प्रहरीले छुट्टै ब्यूरो बनाउने, प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट निवेदन संवैधानिक इजलासमा लगायत छन् ।

१. प्रतिनिधि सभाका दुई तिहाइ सांसदबाट प्रधानमन्त्री ओलीले पाए विश्वासको मत
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनले आइतबार प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको विश्वासको मत प्राप्त गरेका हुन् । 


२. विश्वासको मतसम्बन्धी प्रस्तावबारे छलफलमा कसले के भने ?
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा सत्ता पक्ष र विपक्षी दलहरूबिच ध्रुवीकरण चुलिएको छ । नेपाली कांग्रेस र एमालेबिच भएको सात बुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठनलाई निकै प्राथमिकता दिइएको भए पनि प्रतिनिधि सभा बैठकमा भने त्यसको विपरीत अझ बढी ध्रुवीकरण देखिएको हो ।

३. लुम्बिनीमा मुख्यमन्त्रीको राजीनामापछि नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा दिएका छन् । उनको राजीनामा पनि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । 

४. बागमतीका मुख्यमन्त्रीले दिए राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार राजीनामा दिएका छन् । अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले आइतबार प्रदेश सभामा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरे । त्यसलगत्तै उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाए । प्रदेश प्रमुखबाट मुख्यमन्त्रीमा दाबी गर्नका लागि आह्वान भएको छ । 

५. संविधान संशोधनबारे साना दलको फरक धारणा
नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धनले संविधान संशोधनको एजेण्डा अघि सारेको छ । तर साना दलले भने संविधान संशोधनबारे फरक धारणा अघि सारेका छन् । 

६. मधेसका मुख्यमन्त्रीले मन्त्रालयमै गरे छड्के जाँच
मधेसका मुख्यमन्त्री सतिसकुमार सिंहले विभिन्न मन्त्रालयमा आइतबार छड्के जाँच गरेका छन् । यस क्रममा हाजिर तथा बिदामा कैफियत भेटिएको मुख्यमन्त्रीले जनाएका छन् ।

७. आर्थिक अपराध अनुसन्धानमा प्रहरीले छुट्टै ब्यूरो बनाउने
प्रहरीले आर्थिक अपराध अनुसन्धानका लागि छुट्टै ब्यूरो बनाउने भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

८. प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट निवेदन संवैधानिक इजलासमा
प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धको रिट निवेदन संवैधानिक इजलासमा पठाइएको छ । आइतबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उक्त रिट निवेदन संवैधानिक इजलासमा पठाएको हो ।

९. उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे संसदमै आरोप–प्रत्यारोप
उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको एउटा पत्रबारे आइतबार प्रतिनिधि सभामा आरोप–प्रत्यारोप चलेको छ । सत्ता पक्षले उक्त पत्र लेख्नु उपसभामुखको पदीय मर्यादाविपरीत रहेको आरोप लगाएको हो भने भने विपक्षी दलका सांसदले भने संवैधानिक परिषदमा सत्ता पक्ष बहुमतमा नहुने भएका कारण उपसभामुख हटाउन ‘मिडिया ट्रायल’मा उत्रिएको आरोप लगाएका छन् । 

१०. बंगलादेशमा हिंसात्मक प्रदर्शन बढेपछि फर्किए नेपाली विद्यार्थी
बंगलादेशमा आरक्षण विरोधी प्रदर्शनले हिंसात्मक रूप लिएपछि त्यहाँ अध्ययनत नेपाली विद्यार्थीको एउटा समूह आइतबार स्वदेश फर्किएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप