बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीले चालक कुटेको भन्दै तनाव, ४ बुँदे सहमतिपछि प्रदर्शन मत्थर

आइतबार, ०६ साउन २०८१, २१ : ३७
आइतबार, ०६ साउन २०८१

ललितपुर । गोदावरी लगनखेल रुटका चालक राजकुमार तिरुवालाई ट्राफिक प्रहरी सहायक हवल्दार राजेश चौधरी र जवान अर्जुन राईले हातपात गरेको आरोप लागेको छ । त्यसपछि आक्रोशित यातायात मजदुरहरुले आइतबार साँझ सातदोबाटो चोकमै सबै सवारी साधन राखेर चक्काजाम गर्दा तनावको अवस्था निम्तियो । 

ललितपुरको लगनखेलबाट यात्रु सहित गोदावरी जाँदै गरेको बा २ ख २०७७ नम्बरको जम्बो हायस्का चालकलाई तिरुवालाई सहायक हवल्दार राजेश चौधरीले कागजपत्र मागेका थिए । कागजपत्र ट्राफिक प्रहरी कार्यालयमै रहेकोले आफुसंग नभएको बताएपछि यात्रु सहितको गाडीलाई मुख्य सडकमै छेकेर चावी खोसेका थिए । 

विवादकै क्रममा जवान अर्जुन राईसमेतले सडकमै गाडी छेकेर स्टेयरिङमै हातपात गरेको चालक तिरुवाले बताए । । चिट काट्ने क्रममा सो विवाद भएको बताइएको छ ।  आफुलाई स्टेयरिङमै बक्सिङले हानेर लछारपछार गर्दै भूइमा झारेपछि बुटले हानेको र गाडीको स्टेयरिङ नै भाचिनेगरी आक्रमण गरेको उनले बताए । 

घटना लगतै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर जिल्ला कमिटी र गोदावरी रुट इकाई कमिटीले सबै गाडीहरु सडकमै राखेर ट्राफिकको कुटपिट विरुद्ध नारावाजी गर्दै सडक अवरुद्ध गरेका थिए । साँझ ५ बजेदेखि भएको सडक अवरुद्ध सवा आठ बजे मात्रै सुचारु भएको थियो । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, उपाध्यक्ष नवराज घिमिरे र प्रदेश अध्यक्ष शंकर थापा, लगनेश्वर महादेव यातायात प्रालिका अध्यक्ष निरत्न नेवा, काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुनिलजंग शाह, ट्राफिक प्रहरी कार्यालयका सातदोबाटोका प्रमुख इन्स्पेक्टर भूपेन्द्र गिरी र पीडित चालक सहितको छलफलमा ४ बुँदे सहमति भएपछि सडक अवरुद्ध सुचारु भएको बताइएको छ।  

जसअनुसार चालकलाई आक्रमण गर्ने सहायक हवल्दार चौधरी र जवान राईलाई विभागीय कारवाही गर्ने सहमति भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिए । 

यस्तै क्षति पुगेको सवारीसाधनको मर्मत ट्राफिक कार्यालयले गरिदिने, ३। घाइते चालकको उपचार ट्राफिक कार्यालयले गरिदिने  र  उक्त घटना र यसअघि ट्राफिक प्रहरी कार्यालयका तर्फबाट भएका गतिविधिहरुको अध्ययन गर्न सवै पक्ष सहभागी गराएर छानविन समिति गठन गर्ने सहमति भएको उनले बताए । 

यसैबीच प्रहरीले भने विवादपछि ढुंगा प्रहार हुँदा ट्राफिक प्रहरी जवान सागर गिरी घाइते भएको जनाएको छ ।  जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले उनलाई उपचारको लागि बि एण्ड बि अस्पतालमा भर्ना गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप