बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरले पुरानो डेनिस दमकल मर्मतपछि सञ्चालनमा ल्यायो

आइतबार, ०६ साउन २०८१, २१ : ०६
आइतबार, ०६ साउन २०८१

ललितपुर । ललितपुर महानगरपालिकाले एक सय ६ वर्ष पुरानो डेनिस दमकल (जुद्ध बारुण यन्त्र) आजदेखि सञ्चालनमा ल्याइएको छ । महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले एक सय ६ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो ।

ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले थन्काएर राखेको अवस्था रहेकोमा अहिले अमेरिकाबाट पार्टहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिए । 

“विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले दमकल चलेको थिएन । थन्क्याएर राखेको थियो । ७३–७४ सालमा दमकल लिलामीमा राखियो । त्यो सूचना पाउने साथ झिक्यौँ । अमेरिकामा यसको पार्टस भेटियो र अहिले सञ्चालमा ल्याइएको छ”, प्रमुख महर्जनले भने । पुरानो ऐतिहासिक दमकलको चक्काहरु कहिले पनि पञ्चड नहुने र सिसाहरु पनि नफुट्ने प्रमुख विशेषता रहेको उनले जानकारी गराए । 

डेनिस फायर इन्जिनलाई दक्ष मेकानिक्स मध्येका एक मोहनप्रसाद नकर्मीले सफलतापूर्वक मर्मत गरेका हुन् ।  उनले यसलाई १० महिना लगाए मर्मत गर्नुभएको जानकारी गराइएको छ । ललितपुर महानगरपालिकाका १०६ वर्ष पुरानो दमकललाई मर्मतपछि सञ्चालनमा आएको दमकललाई तीन सय लिटर पानी भरेर आजदेखि उपत्यकाको तीनवटै जिल्लाका सहर घुमाइएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी गराए ।

यो दमकल बेलायतले उपहार दिएका मध्येकै हो । त्यतिबेला बेलायतले तीन वटा दमकल नेपाललाई दिएको थियो । डेनिस कम्पनीको सो दमकल अब नियमित प्रयोगमा आउने छ । योसँगै महानगरमा दमकलको सङ्ख्या सात पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप