एक वर्षमा १७ सय प्रहरी कर्मचारी कारबाहीमा
आइतबार, ०६ साउन २०८१, २० : ५४

काठमाडौँ । पछिल्लो एक आर्थिक वर्षमा १७ सय एक जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । २०८० साउन १ देखि २०८१ असार मसान्तसम्म १७ सय एक जना प्रहरीलाई कारबाही गरिएको प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिए ।
कारबाहीमा पर्नेमा सबैभन्दा धेरै प्रहरी जवान छन् । एक वर्षको अवधिमा ७ सय ६४ जवान, ३३८ सहायक हवलदार र २८२ जना हवलदार कारबाहीमा परेका हुन् ।
उच्च तहमा ३ जना एसएसपी, १ जना एसपी र ११ जना डीएसपी कारबाहीमा परेका छन् । सो अवधिमा २६ जना इन्स्पेक्टरहरु कारबाहीमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक सम्मानित
-
महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँ : सतिशकुमार सिंह
-
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने वातावरण बन्छ : अर्थमन्त्री
-
‘सञ्चालकहरूको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’
-
नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छ : अध्यक्ष दाहाल
-
शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण