सरकारले जनताको आशालाई विश्वासमा परिणत हुनेगरी काम गर्छ : प्रवक्ता महत

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जनताको आशालाई विश्वासमा परिणत हुनेगरी सरकारले काम गर्ने बताएका छन् । आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूमाझ उनले सो कुरा बताएका हुन् ।
प्रवक्ता महतले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने संकल्प दुई ठुला दल नेतृत्वको सरकारले लिएकाले त्यसमा सफल हुने दाबी समेत गरे । उनले सरकार बनेलगत्तै निजी क्षेत्रको आत्मविश्वास बढेको संकेत देखिन थालेको जिकीर गर्दै उनले पार्टी र व्यक्तिभन्दा माथि उठेर सरकारले काम गर्नुपर्ने बताए ।
प्रवक्ता महतले भने, ‘यो सरकार बनेको नै काम गर्नका लागि हो । अहिलेसम्म जति पनि परीक्षण भयो । त्यसले अस्थिरता झनझन थप्यो । त्यसो हुनाले देशका सबभन्दा ठुलो दलहरू दुई वटा दल र अरू दलहरुसमेत सम्मिलित यो सरकार बनेको छ । यो दुई वटा दलको जुन अनुभव छ । लोकतन्त्रप्रतिको प्रतिबद्धता छ । जतिपनि लोकतान्त्रिक आन्दोलन भएका छन् । ती आन्दोलनको नेतृत्व गरेको छ । त्यस अर्थमा अहिले नेपाली जनताले कांग्रेस र एमाले मिलिसकेपछि देशमा गुणात्मक अन्तर आउँछ । स्थायित्व आउँछ । र अर्थतन्त्र चलायमान हुन्छ ।’
प्रवक्ता महतले सरकारले जनतामा आशा जगाउने गरी काम गर्न सबै दलको सकारात्मक सुझावलाई ग्रहण गरेर अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता