शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा कतारको दूतावास भ्रमण, यी हुन् कतारमा नेपालीले भोगेका समस्या

आइतबार, ०६ साउन २०८१, १९ : ५९
आइतबार, ०६ साउन २०८१

कतार । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कतारस्थित नेपाली दूतावासको अवलोकन गरेका छन् । 

करिब ४ लाख नेपाली श्रमिक रहेको कतारमा नेपालीहरूलाई परेका समस्याहरूको बारेमा कतारको दूतावासका कार्यवाहक राजदूत कुमार राई र फष्ट सेक्रेटरी कृष्ण कुमार सुवेदी, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चाणक पोखरेललगायतले वरिष्ठ उपाध्यक्ष पोखरेललाई स्वागत गर्नुका साथै समस्याहरूको बारेमा अवगत गराए । 

छलफलमा कार्यवाहक राजदूत राईले दूतावासमा कूटनीतिक दरबन्दी १० जनामात्र रहेकोले काम गर्न कठिनाइ रहेको अवगत गराए । दूतावासमा हाल कूटनीतिक १० र अन्य लोकल १२ जनासमेत गरेर २२ जना रहेका छन् । 

कर्मचारी दरबन्दी कम हुँदा राहदानी बनाउन समस्या परेको राईले बताए । श्रम गर्न नेपालबाट आउँदा श्रम स्वीकृति नलिई आउने कामदारको व्यवस्थापनमा अर्को चुनौती रहेको उनले बताए । 

दूतावासका फष्ट सेक्रेटरी कृष्ण कुमार सुवेदीले नेपालबाट आउने महिला श्रमिकलाई घरेलु कामदारको रूपमा म्यानपावर कम्पनीले लैजान गरेको र धेरै महिला कर्मचारी ले यस्तै समस्या परेको बताए ।  उनले नेपाल कतारबिच श्रम सम्झौता पुरानो रहेको र त्यसलाई पुनर्विचार गर्नुपर्ने अवस्था आएको सुवेदीले बताए । हाल कतार नेपाली एक हजार रियादमा हुँदै आएको छ ।  उनीहरूले खाना बापत ३ सय अतिरिक्त पाउँदै आएका छन् । 

२००५ मा कतार र नेपालबिच श्रम सम्झौतामा अहिले पनि श्रमिक काम गरिरहेका छन् । 

कतारमा कार्यरत नेपालीहरूले श्रम बीमा गर्दा कामको समयको मात्र बीमा हुने हुनाले कामदारमा समस्या पैदा हुँदै आएको छ । 

त्यस्तै श्रमिकहरूमा विभिन्न कानुनी र न्यायिक समस्या झेल्दै आएका छन् । कतारको कानुन उल्लंघन वा जानकारी बिना विभिन्न अभियोगमा ६३ जना नेपाली जेलमा रहेका छन् । 

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले रेमिट्यान्स पठाउँदा कुनै शुल्क नलाग्ने बनाउनुपर्ने धारणा राखे । उनले नेपाल जस्तो रेमिट्यान्सले चलेको देशले श्रमिकको मेहनतले कमाएको पैसाको राज्यले अपनत्व लिनुपर्ने बताए । 

उनले कतारबाट भित्रिएको रेमिट्यान्सलाई उत्पादनमा जोड्नुपर्ने बताए । उनले नेपाली श्रमिक औपचारिक तालिम र सिपको कमिले सोचेजती लाभ हुन नसकेको बताए । 

उनले कतारमा खाली राजदूत चाडै नियुक्त गरेर  समस्याको तत्काल समाधान गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप