दुई तिहाइको विश्वास पाएपछि ओलीले खिचाए सांसद र पत्रकारसँग समेत फोटो
![दुई तिहाइको विश्वास पाएपछि ओलीले खिचाए सांसद र पत्रकारसँग समेत फोटो](https://npcdn.ratopati.com/media/news/kp-oli_s2vkVeQqxp.jpg)
काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट आइतबार दुई तिहाइको विश्वास पाएपछि सांसद र पत्रकारसँग समेत खुसीयाली मनाएका छन् । उनले दुई तिहाइ पाएपछि पत्रकारहरूसँग समेत फोटो खिचाएर खुसी साटे ।
ओलीलाई दुई तिहाइ विश्वासको मत पाएसँगै सांसदहरूले खातामाला लगाउँदै बधाई दिए । त्यसपछि उनी त्यहाँ उपस्थित पत्रकारसँग पनि फोटो खिचाए । २७५ सदस्यीय प्रतिनिधिसभामा मतदानमा कूल २६३ सांसद सहभागी भए । जसमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गरे । यो वर्तमान संसद्को दुई तिहाइ मत हो । उनको विपक्षमा ७४ मत पर्ला १ सांसद तटस्थ बसे ।
ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने असार ३२ मा शपथ लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । ओलीलाई एमालेसहित, कांग्रेस, जसपा, जसपा नेपाल, जनमत, लोसपा नेपाल, नागरिक उन्मुक्तिसहितका दलले विश्वासको मत दिए भने माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीसहितका दलले विपक्षमा मतदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म