बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

गुरु पूर्णिमाको अवसरमा अभिनेत्री मिथिलाले बाँडिन् गुरुको नामबाट पुरस्कार

आइतबार, ०६ साउन २०८१, १८ : ५०
आइतबार, ०६ साउन २०८१

काठमाडौँ । अभिनेत्री तथा कुशल नृत्य कलाकार मिथीला शर्मा बोहराले आफ्नो नृत्य र अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरुप उनीहरूको नाममा पुरस्कार स्थापना गरी कलाकर्मीलाई प्रदान गरेकी छन् । आइतबार गुरु पूर्णिमाको अवसर पारेर उनले राजधानीमा एक कार्यक्रमबिच सो पुरस्कार प्रदान गरेकी हुन् ।

नेपाल प्रज्ञाप्रतिष्ठान आयोजित कार्यक्रममा मिथिलाले आफ्ना गुरु संगीत साधक स्व. गोपाल योञ्जनको नाममा स्थापित गोपाल योञ्जन संगीत साधना पुरस्कार संगीतकार शिला बहादुर मोक्तानलाई प्रदान गरियो । त्यसै गरी फिल्म लेखक, निर्देशक तथा गीतकार स्व. चेतन कार्कीको नाममा स्थापित चेतन कार्की गीति वाङमय पुरस्कार गीतकार श्रीपुरुष ढकाललाई प्रदान गरियो । हास्य जोडी स्व. राजपाल थापा र स्व. ध्रुवरत्न हाडाको नाममा स्थापित हाडा एण्ड पाल हास्य वाङमय पुरस्कार हास्यव्यग्य जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरियो ।

समारोहमा पुरस्कार पूर्व प्रहरी महानिरिक्षक दूर्लभ कुमार थापा, अभिनेता नीर शाह, अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी, मिथिला शर्मा, गोपाल योञ्जनकी पत्नी रिन्छेन योञ्जन, चेतन कार्कीकी पत्नी गंगा कार्की, ध्रुवरत्न हाडाकी पत्नी मोहीनी हाडा र राजपाल थापाको छोरा कपिल थापालगायतले सम्मान प्रदान गरे ।

कार्यक्रममा नेपाल प्रहरी कलाकारको तर्फबाट गुरु वन्दना नृत्यले स्वागत गरेका थिए । समारोहमा पूर्व प्रहरी महानिरिक्षक दूर्ल कुमार थापाले पूर्व प्रहरी कलाकारहरूको संगठन नेपाल पूर्व प्रहरी कलाकार संघको उद्धघाटन गरेका थिए । संघमा क्षेत्रबहादुर गुरुङ संस्थापक संरक्षक, मिथिला शर्मा बोहरा वरिष्ठ सल्लाहकार र रामबहादुर थापा संस्थापक अध्यक्ष रहेका छन् ।

कार्यक्रममा अभिनेत्री मिथिला शर्मा बोहराले अग्रजले कला साहित्य संगीत, नृत्य हास्यलगायतका विधामा रचेको ईतिहासलाई अगाडि बढाउने वाचा गरिन् । उनले गुरुका रूपमा पुरस्कार स्थापना गरेको व्यक्ति गुरु मात्र नभएर मार्गदर्शक र अभिभाव पनि भएको बताइन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप